कला

जाऊँ भन्छु छैन कहीँ जाने ठाउँ अझै मेरो

गजल

विरेन्द्र सुवेदी

जाऊँ भन्छु छैन कहीँ जाने ठाउँ अझै मेरो,

यसै भत्किनु थियो मन भत्काऊ अझै मेरो।

जति दिन्छौं चोट गनीगनी सहन सक्छु तर,

बिन्ती छ पुरानो घाउ नबल्झाऊ अझै मेरो।

सक्या छैन सपना लास घाटमा पर्खिरहेछ,

सक्छौ त चितामा आगो लगाऊ अझै मेरो।

छोडेको छु परिस्थितिसँग डराउन अचेल,

छिर्के लगाइदेऊ बदनाम गराऊ अझै मेरो।

बिनाकारण सजाय नदेला कानुनले पनि,

गल्ती देखाऊ अपराधी जनाऊ अझै मेरो।

 –पाँचथर।  

प्रकाशित: १ माघ २०७८ ०५:१२ शनिबार

अक्षर