फिल्मलाई सन्नीले निर्देशन गरेका हुन्। दक्षिणभारतीय फिल्मकर्मी सन्नीले फिल्ममा पनि दक्षिणभारतीय प्राविधिकलाई काम गराएका छन्। निर्देशक सन्नीले बागमतिको अलंकारलाई फिल्मको कथासँग जोडेर प्रस्तुत गर्ने जमर्को गरेको बताए।
'जसरी बागमतिले पवित्रताको अर्थ दिन्छ फिल्म पनि यस्तै आसयमा केन्द्रित रहेको छ। दर्शकले फिल्मबाट पूर्ण मनोरञ्जनको आश गर्न सक्नुहुन्छ,' सन्नीले भने।
फिल्मलाई विजय सत्याल र दिनेश दर्शनधारी मिलेर निर्माण गरेका हुन्। विजयले फिल्मलाई डकुमेन्ट्रि भनेर गलत हल्ला चलाईएकोप्रति आपत्ति जनाउँदै फिल्म डकुमेन्ट्रि नभएको जानकारी गराइन्।
कार्यक्रममा उपस्थिति जनाएका राजेश हमालले फिल्म 'बागमति'लाई बागमति जस्तै पवित्र कथा बोकेको फिल्मका रुपमा ब्याख्या गरे। उनले भने,' हामीले आफ्नो तर्फबाट राम्रो काम गरेका छौं। अब तपाईंहरुको पालो,' हमालले भने। असारमा बिहे गरेयता 'बागमति' हमाल अभिनित पहिलो फिल्म हो। फिल्ममा केकी अधिकारीको पनि अभिनय रहेको छ।
टि्र इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मको पोष्ट प्रोडक्सनको काम पनि चेन्नईमा गरिने जानकारी गराईयो। फिल्ममा मुकुन्द श्रेष्ठ, ध्रुव कोइराला,कञ्चन ठकुरी आदि कलाकारको पनि अभिनय रहेको छ। कार्यक्रममा शिव श्रेष्ठ भने उपस्थित थिएनन्।
फिल्मलाई माघे संक्रान्तिको छेकोमा रिलिज गर्ने तयारी भइरहेको निर्माण पक्षले जानकारी गरायो।
प्रकाशित: १५ कार्तिक २०७१ २२:२२ शनिबार