प्राकृतिकबाट प्रेरित भएर नमुना कलेज अफ फेशन टेक्नोलोजीका विद्यार्थीले फेशन डिजाइनरको यात्रालाई अगाडि बढाएका छन्। ‘नमुना कलेज अफ फेशन टेक्नोलोजी’ (एनसीएफटी)ले आयोजना गरेको २०औँ ग्र्याजुएसन फेसन शोमा स्नातकका चौथो वर्षका विद्यार्थी डिजाइनरको कला प्रस्तुत गरिएको थियो ।
फेसन डिजाइनका सिर्जना प्राकृतिकबाट प्रेरित भई तयार पारिएको सहभागीले बताएका छन् ।
शोमा छ वटा संग्रहलाई केन्द्रमा राखिएको थियो । जसमा पहिलो नेपालीयम जहाँ बरफले आफ्नो बहाव भेट्छ, हिमनदी र जलप्रवाहलाई समेटियो। दोस्रो इरिडेसन्ट शेल्स जसमा विभिन्न कवचहरुलाई आफ्नो सिजर्नामा डिजाइनर्सले उतारे। तेस्रो भने आवरण मृत्तिकाः जसमा माटोभित्र चल्ने प्राकृतिक प्रक्रियालाई विषयवस्तु बनाए।
अर्को भने एभियोराः जसमा सुन्दर निलो कलरको पहिरनमा हिमालको सौन्दर्यतालाई आफ्नो डिजाइनमा समेटेका थिए । रेड लिस्ट रिभेरीः संग्रहमा संकटग्रस्ट वन्यजीवलाई केन्द्रमा राखियो। अन्तिम संग्रह भने वनस्पति कुसुमः मा लालीगुराँस, अर्किड, कमल र लिली जस्ता फूलहरूको सौन्दर्यलाई कलात्मक रूपमा अभिव्यक्त गरेका थिए ।
प्रकाशित: १५ चैत्र २०८२ १६:२१ आइतबार