काठमाडौं– नौ महिनाको आन्तरिक तयारीपछि फिल्म ‘अधकट्टी'ले सुटिङ थाल्ने मिति तय गरेको छ। शुक्रबार राजधानीमा औपचारिक कार्यक्रम गर्दै फागुनको अन्त्यदेखि सुटिङ गरिने जानकारी गराइयो। पत्रकार सुब्रत आचार्यले निर्देशन गर्न लागेको फिल्ममा
तीन पात्रको मुख्य कथा देखाइनेछ।
फिल्मको कथा पत्रकार सुवास ढकालको हो। उनले कथा यथार्थपरक रहेको जानकारी गराए। ‘फिल्मको कथा यथार्थमा भएको घटना हो। त्यस घटनालाई लेखकले नाटकीयता दिएका छन्। टिम छनोट राम्रो भएको हुनाले फिल्म पनि राम्रो हुनेमा आशावादी छु,' ढकालले भने।
फिल्मको पटकथा विजय अधिकारीले लेखेका हुन्। चितवन र काठमाडौंमा ३५ भित्र छायांकन गरिने फिल्मलाई प्रदीपकुमार उदयले निर्माण गर्न लागेका हुन्।
फिल्ममा गौरव पहारी, विल्सनविक्रम राई, प्रदीप बास्तोला, अशिष्मा नकर्मी, रिश्ता बस्नेत, पुष्प आचार्य, साइब्रत आचार्य आदिको अभिनय रहनेछ। फिल्ममा गजित विष्ट र नम्रता श्रेष्ठ विशेष भूमिकामा देखिनेछन्।
हरि घलेको छायांकन रहने फिल्ममा संगीत राजन इशान र वसन्त सापकोटाले दिएका छन्। गीतलाई कविराज गहतराज र गम्भीर विष्टले कोरियोग्राफ गर्नेछन्।
प्रकाशित: २४ फाल्गुन २०७० २२:१२ शनिबार