नेपाली संगीतका चर्चित गायक प्रकाश सपुतलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनले आज फेसबुक पेजमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्।
आफूलाई कोरोना संक्रमण जानकारी दिँदै उनले प्रत्यक्ष सम्पकैमा आएकालाई पिसिआर टेस्ट गर्न अनुरोध गरेका छन्।
उनले फेसबुक पेजमा लेखेका छन्, 'अन्ततः काठमाण्डौ मेडिकल कलेज ९ प्ःऋ० का अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला । एकदमै धेरै शरिर दुख्नेर गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए । म होम आईशुलेशनमामा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ !'
प्रकाशित: १७ वैशाख २०७८ ०९:२६ शुक्रबार