कला

संजय दत्त तिहार मनाउन जेल फर्कने

मुम्बइ– बलिउड स्टार संजय दत्तले पुणेको येरवडा जेलबाट लिएको विदा सकिएको छ। चार हप्ताको विदा सकिएपछि दत्त तिहार मनाउन येरवडा जेलमानै जाने भएका छन्। सेप्टेम्बरको अन्तिममा उनले स्वास्थ्य परिक्षणको लागि भन्दै दुइ हप्ताको विदा लिएका थिए। पुनः उनले दुइ हप्ताको लागि विदा बढाएका थिए।जेल फर्किनु भन्दा पहिला दत्तले आफ्नो स्वास्थ्य समस्या पूर्णरुपमा समाधान नभए पनि पहिलाको भन्दा निकै राम्रो भएको बताएका छन्। उनले पत्रकारहरु सँग कुरा गर्दै तिहारको शुभकामना पनि दिए। संजय दत्त संञ्चारकर्मीहरु सँग कुरा गरिरहँदा उनको साथमा पत्नी मान्यता दत्त पनि थिइन्।

प्रकाशित: १३ कार्तिक २०७० ०२:०७ बुधबार