'नालापानी कालापानी' गीतको संगीत जुगल डंगोलले दिएका छन् । एउटामात्र गीत रहेको सिडीलाई सांग्रिला बुक्सले बजारमा ल्याएको हो । 'शास्त्रीय संगीत सिकेका नेपालको गीतमा स्वर र शब्दको तालमेल राम्रो अनुभव गरेको छु । गायकको रुपमा पनि राम्रो सम्भावना छ,' संगीतकार राजु सिंहले भने ।
गायक रामकृष्ण ढकालले सन्देशमूलक गीतको भाव राम्रो रहेको बताए । 'गीतको भाव राम्रो लाग्यो । गाउने चुनौतीलाई गायकले स्वीकार गरेर गाउनु भएको रहेछ,' उनले भने ।
संगीतकार डंगोलले नेपालको स्वरमा सम्भावना देखेर नै गाउन लगाएको बताए । 'स्वर सुन्दा सक्नेजस्तो लाग्यो । फेरि सुर र तालको जानकारी भएकाले खासै समस्या भएन,' उनले भने ।
प्रकाशित: ९ कार्तिक २०७० २१:२० शनिबार