कला

टपलेस भइनन् सन्नी

मुम्बई– पहिले पोर्नस्टार भए पनि सन्नी लियोनीले अंग प्रदर्शनमा लिएको अडानबाट फिल्म 'रागिनी एमएमएस २'को निर्माण टोली आश्चर्यमा परेको छ। सुटिङ एउटा दृश्यमा सन्नीलाई टपलेस हुन आग्रह गरिएको थियो तर उनले उक्त आग्रहलाई स्विकारिनन्।सन्नीले हत्केलाले खुला वक्षस्थल छोपेको दृश्य फिल्ममा चाहिएको थियो। फिल्म टोलीले आग्रह गरे पनि सन्नीले त्यसको सट्टा बिकिनी टप लगाएरमात्र सुटिङ गरिन्। फिल्म टोलीसँग सन्नीको कुरा मान्नुको कुनै विकल्प थिएन।

तर सुटिङमा टप लगाउन दिइए पनि पछि कम्युटरबाट मेटेर फिल्म टोलीले चतुर्याइँ देखाएको छ । उनको वक्षस्थल पनि विगतका फिल्मबाट कपी गरेर पेस्ट गरिएको स्रोतको दाबी छ।

बालाजी मोसन पिक्चर्सले निर्माण गरेको 'रागिनी एमएमएस २' एक हररथ्रिलर थ्रिडी फिल्म हो। फिल्ममा सन्नीले बलिउडकी अभिनेत्री भएर अभिनय गरेको समाचार छ। विगतमा पोर्नमुभी खेले पनि सन्नी बलिउडमा स्वच्छ छवि निर्माण गर्न चाहन्छिन् भन्ने यो घटनाले देखाएको छ।

प्रकाशित: ८ कार्तिक २०७० ००:०१ शुक्रबार