लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ। मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन्। यसै क्रममा गायक एवं सर्जक खेम सेन्चुरी र सुमधुर आवाजकी धनी शर्मिला गुरुङको नयाँ गीत ''कौवा करायो'' सार्वजनिक भएको छ।
गीतमा मोडल ईश्वर बाबू र जुना गुरुङले जीवन्त अभिनय गरेका छन्। भने गीतको शब्द बिक्रम बाबु विश्वकर्माको रहेको छ। गीतमा संगीत खेम सेन्चरीले भरेका छन्। विनोद बाजुरालीले एरेन्ज गरेको गीतको भिडियो निर्देशन विनोद भण्डारीले गरेका हुन्।
गोधुली क्रियसनको ब्यानरमा तयार पारिएको भिडिओलाई सम्पादक मनोज कार्कीले गरेका हुन् भने बिकाश ज्ञावालीले कलर गरेका छन्। करण चैसिरको छायाँकन रहेको छ।
प्रकाशित: २१ चैत्र २०७७ ०७:०४ शनिबार