कला

मैले ऑसु बगाएर बस्नु र तिमी रमाउनु सगैं परेछ

मुक्तक

            १)

मैले   ऑसु   बगाएर  बस्नु   र  तिमी  रमाउनु  सगैं परेछ,

मेरो   झुपडी  चुहुनु  र  तिमीले  महल  बनाउनु सगैं परेछ ।

मेरो भाग्यमा यस्तै  लेखिएको रहेछ चित्त बुझाउनै पर्यो,

यो हातले ठेला समाउनु तिमीले मोटर चलाउनु सगैं परेछ ।

              २)

एक हुल यादहरू आए कानमा साउती मारेर गए,

गहभरि ऑसु भयो गम्भीर भएँ प्रश्न गरें टारेर  गए ।

अतीत, विद्यमान  र सुन्दर भविष्य केलाउँदै गर्दा ,

आशाको त्यान्द्रो छिनाए मुटुमा प्वाल पारेर गए ।

प्रकाशित: २९ फाल्गुन २०७७ ०९:३७ शनिबार

अक्षर