कला

पत्रकार शिवराज योगीको 'ऐना हेरी हेरी'

लोकप्रिय गायक तथा संगीतकार भीम बिसीको ‘ऐना हेरी हेरी’ गीतको भिडियो छायाँकन सकिएको छ। गीतको शब्द लेखक तथा पत्रकार शिवराज योगीले लेखेका हुन्।

बिसीकै संगीत रहेको गीतमा चर्चित गायिका एलिना चौहान र भीम बीसीले सुमधुर आवाज भरेका छन्। उक्त भिडियोको निर्देशन प्रविन भट्टले गरेका हुन्।

गीतको भिडियो अजय रेग्मीले छायांकन गरेका छन्। भने गीत एरेन्ज विश्व अधिकारीले गरेका छन्। साथै गीतको भिडियोको सहायक निर्देशन सागरबाबु भट्टले गरेका हुन्।  

भीम बीसीको आफ्नै युटुब च्यानलबाट भीम बिसी अफिसियलबाट सार्वजनिक गर्ने तयारी गरिएको गीतमा विदेशमा रहेर स्वदेशमा रहेका आफन्तको सम्झनाको कथा प्रस्तुत गरिएको संगीतकार बिसीले बताए।

प्रकाशित: २६ फाल्गुन २०७७ ०६:१० बुधबार

गायक तथा संगीतकार भीम बिसी 'ऐना हेरी हेरी' पत्रकार शिवराज योगी