तर्साइरहन्छ शून्य रातले, गिज्याइरहन्छ खल्लो साथले,
डसिरहन्छ झर्रो यादले, बिझाइरहन्छ विगतले ।
घुर्क्याउँथ्यौ –छुट्टिन्थ्यौं, एकै मनमा हुन्थ्यौं फेरि,
रिसाउँथ्यौं–भड्किन्थ्यौं, अँगालोमा रुन्थ्यौं फेरि ।
विरहको मातले, झस्काइरहन्छ विश्वासघातले,
डसिरहन्छ झर्रो यादले, बिझाइरहन्छ विगतले।
नमेटिने–नभेटिने छायाजस्तै भयो माया,
सकिएन धान्न बरै लिलामीमै गयो माया ।
छेकिएन बातले माया, लेखिएन रगतले,
डसिरहन्छ झर्रो यादले, बिझाइरहन्छ विगतले ।
प्रकाशित: २३ फाल्गुन २०७७ ०७:२२ आइतबार