कला

रोपें निश्छल प्रेमको बोट मीठो

गजल

रोपें निश्छल प्रेमको बोट मीठो,

झाँगिएर त्यसले दिने ओट मीठो।

 

गरेर त्यसैको शीतलतामा शंका,

ठडिएका औंलासँगै खोट मीठो।

 

पिलाएँथें ममता र सद्भाव मिसाई,

मधुरताले युक्त तरल घोट मीठो।

 

गर्नु हुन्न रैछ कसैमाथि विश्वास,

प्रतिकारमा पाइने त्यही चोट मीठो।

 

सुम्पेर आत्मा उपहारमा मिल्ने,

अनास्थाको एउटै त्यही भोट मीठो ।

प्रकाशित: १७ फाल्गुन २०७७ ०९:५५ सोमबार

अक्षर