कला

४ बर्षको उमेरबाट फिल्म क्षेत्रमा लागेकी श्रीदेवीको आज तेस्रो पुण्यतिथि

कुनै समय बलिउडमा राज गरेकी चर्चित अभिनेत्री श्रीदेविको निधन भएको आज २४ फेब्रुअरीका दिन ३ वर्ष पुगेको छ। श्रीदेवी २०१८ साल एक विवाहमा सामिल हुन दुवई पुगेकी थिईन्, जहाँ एक होटलको बाथरूममा उनी मृत अवस्थामा फेला परेकी थिईन। उनको मृत्युको खबरले पुरा बलिउड सोक्मग्न भएको थियो।

५४ वर्षको अल्पायुमै दिबंगत अभिनेत्री श्रीदेवीको सुन्दरताको चर्चा बलिउडमा हमेशा हुने गर्दछ। श्रीदेवीको वास्तविक नाम श्री अम्मा यंगर अय्यप्पन थियो। तर फिल्ममा आएपछि उनले आफ्नो नाम श्रीदेवी राखिन् ।

श्रीदेवीले १९६७ मा तमिल फिल्म 'थुनाइवन'मा लॉर्ड मुरुगाको भूमिकामा खेलेकी थिईन्। तब उनी मात्र ४ बर्षकी थिईन्। फिल्ममा उनले तत्कालीन शीर्ष अभिनेत्री जयललितासँग काम गरेकी थिइन। श्रीदेवीले सन्‌ १९७५ मा जुली फिल्मबाट सुरुवात गरेकी थिइन। यसमा उनी बाल कलाकारको रुपमा देखिएकी थिईन्

श्रीदेवी कामको हिसाबले अन्य अभिनेत्रीहरूको अगाडि सधैं अगाडि थिईन्। एक पटक उनी लन्डनमा शुटिंग गर्दै थिइन् जब उनका बुबाको मृत्यु भएको खबर पाइन् उनी भारत फर्किइन्। बुबाको अन्त्येष्टि पछि तुरुन्त लन्डन फर्किइन् र सुटिंग गर्न थालिन्। यसबाहेक 'चालबाज' को शूटिंगको क्रममा उनलाई १०३ डिग्रीको ज्वरो आएको थियो तर पनि उनी आराम गरिनन् र पूर्ण उत्साहका साथ एउटा गीतको शुटिंग पूरा गरिन्।

श्रीदेवीलाई बोनी कपूरले ७० को दशकमा एक तमिल फिल्ममा देखेका थिए। बोनी पहिलो नजरमा उनीसँग मायामा परे। बोनी कपूर र श्रीदेवीको कथा मिस्टर इण्डिया फिल्मबाट सुरु भएको हो। श्रीदेवीले बोनीलाई स्क्रिप्ट सुनाउनका लागि मात्र १० दिन कुराएकी थिईन्। श्रीदेवी र बोनी कपुरका २ छोरी  छन्।

प्रकाशित: १२ फाल्गुन २०७७ ०४:१९ बुधबार