कला

'गल्ती’को सफलतापछि ‘गल्ती २’ सार्वजनिक

बिक्रम बरालको स्वरमा रहेको ‘गल्ती’को सफलतापछि बराल र सज्जा चौलागाईंको आवाजमा गीत ‘गल्ती २’ सार्वजनिक भएको छ। प्रदीप चापागाईंको शब्द सिर्जना रहेको गीतको लय कल्याण सिंहको रहेको छ।  

गीतमा  विशाल पौडेलको संगीत संयोजन, प्रदीप जोशीको मिक्स मास्टरिङ्मा सुन्न सकिन्छ। निकेश खड्काको निर्देशन रहेको भिडियोमा सुरज सिंह ठकुरी र रेश्मा घिमिरे फिचर्ड छन्। विकास धमलाको सम्पादन रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रकाशित: ९ फाल्गुन २०७७ १३:१८ आइतबार