कला

नेपालमा राजनीतिक पार्टी

निबन्ध

त्रिलोचन ढकाल

 

नेपालमा राणाको जहानिया शासनको आखिरितिरबाट राजनीतिक पार्टीहरूको उदय हुन थालेको कुरा इतिहासले बताउ‘छ । सुरुमा राणाशासनका विरोधमा र प्रजातन्त्रको प्राप्तिका निम्ति भनेर स्थापना भएका थिए । पछि प्रजातन्त्रको स्थापना हुन नदिने शक्तिका विरोधमा पनि पार्टीहरू गठन हुन थाले । अझ पछि लोकतन्त्रको बाटो हु‘दै समाजलाई ‘वर्गमुक्त र शोषण विहीन’ बनाउने लक्ष राख्दै साम्यवादलाई अधिकतम लक्षका रूपमा घोषणा गरेर भयो कम्युनिष्ट पार्टीको स्थापना । राणाशासनको अन्तिम वर्ष २००६ सालमा।

हाल देशमा चेतनाको निकै ठूलो बाढी आएको छ । यसकै परिणामस्वरूप होला पार्टीहरूको संख्यामा पनि निकै बढोत्तरी भएको छ । यो कुरा निर्वाचन आयोगको दर्ता सूची हेर्दा पनि अनुमान गर्न सकिने भएको छ ।

पार्टीहरूको सङ्ख्या अनगिन्ती भए पनि यिनीहरू मुलतː दुई खालका मात्र छन् । उनीहरूले प्रत्यक्ष – अप्रत्यक्ष घोषणा गरेको राजनीतिक, आर्थिक लक्षका आधारमा मूल्याङ्कन गर्दा यस्तो भेटिएको छ । 

पार्टीहरू निश्चित वर्गको प्रतिनिधित्व गर्ने भनेर बनेका छन् । तोकिएको वर्गको हितअनुरूपको राजनीतिक लक्ष निर्धारण गरेका छन् । सामाजिक लगायतका जनसरोकारका विषयहरूको लक्ष भने चुम्बकस‘ग फलाम टॉसिए जसरी टॉसिएका हुन्छन्, राजनीतिक आर्थिक लक्षस‘ग । यसका आधारमा हेर्दा एक थरी पार्टीहरू पू‘जीवादी पार्टीका रूपमा प्रकट भएका छन् । यीमध्ये कोही पूर्व राजास‘ग घॉटी जोडेर मात्र लक्ष प्राप्त गर्न सकिन्छ भनी वकालत गर्छन् । कोही लोकतान्त्रिक शक्तिसित एकाकार भएर त्यो लक्षमा पुग्न सकिन्छ भन्छन् । कोही लोकतान्त्रिक गणतान्त्रिक शक्तिसित एकताबद्घ भएर लक्ष प्राप्त गर्ने घोषणा गर्दछन् । अरू कोही कम्युनिष्टस‘ग मिलेर लक्ष भेदन गर्न प्रयत्नशील छन् ।

जसले देशको सामन्ती भूस्वामित्वको अन्त्य गर्ने काम पूरा गर्ने कामलाई कर्तव्य ठान्दैन त्यस्तो सामन्तस‘ग मिलेर पू‘जीवादको स्थापना गर्ने भ्रममा फस्न पुगेका छन् कोही । पू‘जीवादभन्दा पर कुनै लक्ष नदेखेकाहरू सबै पू‘जीवादीहरू हुन् भन्न सकिन्छ । कम्युनिष्टसित मिलेर प्रजातान्त्रिक समाजवादको स्थापना गर्ने सपना देख्नेहरू आकारमा जस्तासुकै देखिए पनि अभिप्रायमा पू‘जीवादी नै हुन् भन्ने कुरामा शंका गर्नुपर्ने छैन । वर्तमान अवस्थामा दुई खालका लक्षको मात्र चर्चा चलेको सुनिन्छ । एउटा शोषणमूलक र अर्को शोषणविहीन । एउटा वर्गयुक्त र अर्काे वर्गविहीन । एउटा विभेदयुक्त र अर्काे विभेदरहित । जसले शोषणविहीन, वर्गमुक्त र विभेदरहित समाजिक लक्ष देख्न सकेका छैनन् ती सबैलाई सोलोडोलो रूपमा पू‘जीवादी खेमामा गणना गर्न उचित हुन्छ, यो युगमा । मात्रामा तल माथि जेसुकै हुन सक्छ । 

अर्को खेमा हो कम्युनिष्ट खेमा । यो खेमाअन्तर्गतका पार्टीहरूले नाम जेसुकै राखे पनि अन्तिम लक्षका रूपमा साम्यवादलाई स्वीकारेका हुन्छन् । साम्यवादी समाजलाई मानिसद्वारा मानिसको शोषण नहुने र मानिसमानिसका बिचमा विभेदको अन्त्य भएको शोषणविहीन, वर्गमुक्त र विभेदरहितको पूर्ण लोकतान्त्रिक आदर्श समाज मानिन्छ । कम्युनिष्ट पार्टीमध्येमा कसैले लोकतन्त्र, गणतन्त्र, नयॉ जनवाद, समाजवाद हुँदै साम्यवादमा पुग्ने कुरा गरेका छन् । कसैले जनवाद आइसक्यो यसको विकास गरी समाजवाद हुँदै साम्यवादमा पुग्नुपर्छ भन्छन् । कसैले लोकतन्त्रमा भुल्नु हुन्न नयॉ जनवादी क्रान्ति गरेर समाजवाद हुँदै साम्यवादको ढोका खोल्नुपर्छ भन्ने घोषणा गरेका भेटिएका छन् । कार्यनीतिक बाटो जे जस्तो अपनाए पनि यदि त्यो अधिकतम लक्ष, साम्यवादतिर लक्षित छ भने ती सबै कम्युनिष्टहरू हुन् । उनीहरूले कम्युनिज्मलाई अघिकतम लक्ष घोषित गरेका छन् । कम्युनिज्मलाई अधिकतम लक्ष स्वीकार नगरेको पार्टी कम्युनिष्ट पार्टी हुन सक्तैन ।

विसं १९७० को दशकको अखिरीतिर । १९७८ सालमा प्रचण्ड गोर्खा भन्ने पहिलो राजनीतिक पार्टी गठन भएको थियो । त्यसको गठन राणा शासनका विरोधमा भएको थियो । खड्कमान र खङ्गमानहरूको नेतृत्वमा जन्मेको त्यो पार्टी, राणाहरूको जहानिया झापटको हमलामा परेर तत्काल काम गर्न नसक्ने अवस्थामा पुगेको थियो ।

उही नब्बेको दशकमा टंकप्रसाद आचार्यको अगुवाइमा प्रजापरिषद नामको अर्को प्रजातान्त्रिक पार्टी गठन हुन गयो । त्यसले राणाशासनको विरोधमा पर्चा छर्ने काम गर्दा पार्टीका सबैजसो नेता कार्यकर्ता गिरफ्तारीमा परे । तीमध्ये गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको हत्या गरियो । विसं १९९७ माघ महिनामा । अरू दर्जनौ‘ चारपाटा मुडिए । अरू कैयौ‘ले आजीवन काराबासको सजाय भोग्नुपरयो । प्रजातान्त्रिक आन्दोलनका उपयुक्त सहिदहरूलाई श्रद्धाञ्जली दिँदै २००३ सालमा ‘नेपाली राष्ट्रिय कांग्रेस’ र ‘नेपाल प्रजातान्त्रिक कांग्रेस’ नामका पार्टीहरू गठन भए । यी दुवै एकीकृत भए २००५ सालमा नेपाली कांग्रेस बन्यो । २००६ साल वैशाख १० गते ९२२ अप्रिल सन् १९४९० पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको गठन भएको घोषणा गरियो ।

राणा शासन ढल्यो २००७ साल फागुन ७ गते । नेपाली कॉग्रेसको नेतृत्वको सशस्त्र संघर्षको मुख्य भूमिका थियो । कांग्रेस राजा र राणा मिलेर दिल्लीमा एउटा सम्झौता गरे । उही मितिमा नेपालमा प्रजातन्त्रको स्थापना भएको घोषणा गरियो । राजा त्रिभुवनको भाषणद्वारा । संविधान सभाको निर्वाचन गरी गणतन्त्रात्मक नयॉ संविधान बनाउने घोषणा पनि भयो, उही मञ्चबाट उही दिन । कॉग्रेसले ती कुनै पनि गतिविधिमा कम्युनिष्ट पार्टीलाइ सामेल गर्ने चाहना गरेन । कम्युनिष्ट पार्टीले आनै योजनामा दिल्ली सम्झौताको विरोध गरिरह्यो र देशमा ठूल्ठूला किसान आन्दोलनहरू संगठित र परिचालन गरयो । उसले संविधान सभाको निर्वाचन छिटो गराउन पनि आन्दोलनहरू सञ्चालन गरयो, उति बेला । कम्युनिष्ट पार्टीका त्यस्ता प्रभावकारी किसान आन्दोलबाट तर्सेको नेपाली कॉग्रेसले कम्युनिष्टहरूलाई साथमा लिएर संविधान सभाको निर्वाचन गराउन खोजेन बरु राजालाई शक्ति सम्पन्न बनाउने वातावरण बनाउ‘दै गयो ।

राजालाई संविधान बनाउने अधिकार सुम्पेर संसदीय निर्वाचन गराउने कुरामा लाग्यो, कॉग्रेस पार्टी । संविधान सभाको निर्वाचनको कुरा छाडिदियो उसले । कॉग्रेसले दुई तिहाई सिट (१०९ मध्ये ७४ शिट)मा विजय प्राप्त गरयो । २०१५ सालको संसदीय निर्वाचनमा । कम्युनिष्ट पार्टीले पनि चार सिट लिन सफल भयो । जनमतद्वारा त्यत्रो शक्तिशाली बनेको विश्वेश्वरप्रसाद कोइरालाको सरकारलाई डेढ वर्ष पनि खुट्टा टेकाउन सकेन, कांग्रेस पार्टीले  । राजा महेन्द्रको बज्र प्रहारले कॉग्रेसको सरकार मात्र ढलेन प्रजातान्त्रिक व्यवस्था पनि धराशायी भयो, २०१७ साल पुस १ गते । यसरी डेढ वर्षको प्रजातान्त्रिक सरकार र दश वर्ष उमेर पनि नपुगेको प्रजातन्त्रको हत्या गरियो नाबालक उमेरमै । त्यसको निम्ति राजा महेन्द्रले राष्ट्रको ठूलो सैन्य शक्तिको दुरूपयोग गरे ।

पुष्पलालको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीले पञ्चायत ढाल्नका निम्ति पञ्चायत विरोधि राजनीतिक शक्ति खास गरी कम्युनिष्ट र कॉग्रेस मिलेर “संयुक्त जनआन्दोलन” गर्नुपर्ने प्रस्ताव गर्दा सहमति हुन सकेन बरु राजाको चाहनाअनुसार दुई पार्टीका कार्यकर्ता बिच मारपिट हुन थाल्यो । ठूलो सङ्ख्यामा कम्युनिष्ट पक्षका युवाहरूको हत्या समेत हुन गयो, कांग्रेसद्वारा । पञ्चायती निरङ्कुशताले तिस वर्षसम्म आपूmलाई ब‘चाउन सक्यो, त्यही कारणले गर्दा । 

कम्युनिष्ट र कांग्रेसको संयुक्त जनआन्दोलन भयो ०४६ सालमा । त्यो हुरी र हुन्डरीले पञ्चायती व्यवस्था मात्र होइन राजाको निरंकुशतालाई समेत उडाएर सात समुद्रपारि पुरयाइदियो । ०४८ सालमा बनेको कांग्रेसको सरकारले पनि पूरा समय काम गर्न सकेन । प्रधानमन्त्रीले नै समय अगावै मध्यावधि निर्वाचन गराएर पार्टी भित्र र बाहिरका सबैलाई ठेगान लगाउन आयोजना गरेको निर्वाचनमा जनताले उनलाई साथ दिएनन् । ठूलो पार्टीको हैसियतले कम्युनिष्ट पार्टीको पहिलो निर्वाचित कम्युनिष्ट सरकार बन्यो । त्यसको पनि भ्रूणहत्या भयो नौ महिना नपुग्दै । त्यसपछि कहिले कम्युनिष्ट पार्टी र कहिले कांग्रेस पार्टीले लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाको कमान्डिङमा सरकार बनाएर एक अर्काका विरोधमा धनुकाण चलाइरहे । ०५६ सालको निर्वाचनद्वारा बनेको सरकारलाई पनि गर्भपातको परम्पराबाट फुत्केर पूर्ण आकारको बच्चा जन्माउन दिइएन ।  

०५२ सालदेखि कम्युनिष्ट पार्टीको नाममा नयॉ शक्ति प्रकट भयो । त्यो देशमा तहल्का मच्चाउन सफल भयो । दश वर्षसम्म ससस्त्र जनयुद्धद्वारा । राजा कांग्रेस र एमालेको राज्यसञ्चालन गर्ने शैलीबाट निराश भएका अभावग्रस्त जनताले जनयुद्धलाई समर्थन गरे । यस्तै समयमा ०५८ सालमा राजा वीरेन्द्रको वंश नाश भयो । दरवारहत्या काण्डद्वारा । नयॉ राजा ज्ञानेन्द्रद्वारा ०६१ माघ १९ गते प्रजातन्त्रको पुनः हलाल गरियो । त्यसपछि जनता झन् अतालिन पुगे दुई दिशातिरका हतियारद्वारा । कांग्रेस र एमालेको नेतृत्वमा परिचालित प्रजातान्त्रिक व्यवस्थाबाट आपूm र आनो समुदायको हकअधिकारको प्रबन्ध, सुरक्षा र विकास हुन नसकेको कुराको प्रतिक्रियास्वरूप दलित उत्पीडित, जनजाति र सधै‘ सत्ताबाहिर परिरहेका पार्टीहरूमध्येमा कतिपय चूपचाप हेरेर बसे भने कतिपयले ठूला पार्टीहरूमाथि “खुच्चिङ” को भाला वर्षा गराउ‘दै खुसीयाली मनाइरहे । त्यस्तो बेलामा अँह्वान गरिएको राजा विरोधी सात पार्टीको आन्दोलन पनि अत्यन्त गरीब देखियो, जनसहभागिता र प्रभावकारिताका दृष्टिले ।

त्यस्तो अवस्थाबाट अतालिएका एमाले र कांग्रेस लगायतका पार्टीहरूले आन्दोलनको कार्यक्रममा केही विकास गरे । आन्दोलनको सफलतापछि समावेशी प्रजातन्त्रको स्थापना गर्ने, पछाडि परेका जात, जाति, लिङ्ग, क्षेत्र र पेशाका समुदायलाई जनसंख्याको आधारमा आरक्षणको व्यवस्था गर्ने, राज्य पुनसंरचनाद्वारा पछाडि परेका जनताका आधारभूत हक अधिकारको सुनिश्चितता गर्ने र संविधान सभाद्वारा नयॉ संविधान बनाएर यस्ता सबै विषयलाई संस्थागत गर्ने कुराको घोषणा गर्दै जनयुद्धमा संलग्न माओवादी पार्टीस‘ग बार बु‘दे समझदारी गरे, ०६२ मङ्सिर ७ गते । त्यसपछि अँन्दोलनमा जनताको अभूतपूर्व सहभागिता हुन थाल्यो । परिणामस्वरूप ०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्रले जनताका अगाडि घु‘डा टेक्नुपरयो । त्यो जनलहर त्यतिमा मात्र रोकिएन त्यसले हिमाल, पहाड र तराई जताततै विद्रोही पक्षलाई संविधान सभामा अति प्रभावशाली बनाएर उपस्थित गराइदियो । शाह वंशीय राजतन्त्रको उन्मूलन गरिदियो ०६५ जेठ १५ गते । त्यसरी स्थापना भएको लोकतान्त्रिक गणतन्त्रले राज्यलाई हिन्दू धर्मको एकलौटी आधिपत्यबाट मुक्त गरी संसदमार्फत देश धर्मनिरपेक्ष भएको घोषणा गरयो ।

आन्दोलनको लहर केही मत्थर भएपछि पुनः षडयन्त्र सुरु गरियो । पहिलो संविधान सभाद्वारा संविधान बन्न दिइएन । त्यति मात्र होइन आन्दोलनभन्दा अगाडि गरेको राज्य पुनसंरचना र समावेशी प्रजातन्त्र सम्बन्धित ‘भिष्मप्रतिज्ञा’लाई समेत लत्याउन सुरु गरियो । यसले गर्दा जनताको शक्ति पुनः विभाजित हुन गयो ।

दोस्रो संविधानसभाद्वारा संविधान घोषणा गरियो । त्यो संविधान समाजवादी निर्माणको निम्ति प्रतिबद्घ छ । नया“ निर्वाचनमा कम्युनिष्ट पार्टीलाई झन्डै दुई तिहाई मत प्राप्त भयो । अब देशमा केही प्रगति हुने कुरामा जनता आशावादी हुनु अस्वाभाविक थिएन । तर परिणाम आशा गरेअनुरूप भएको देखिएन । भ्रष्टाचारले अभूतपूर्व दैत्याकार रूप लियो । सरकार नै चुर्लुम्म डुब्यो भ्रष्टाचारमा । देशमा स्थिरता कायम हुन सकेन । फेरि पनि अस्थिरताले ग“जेट्न थाल्यो देशलाई । त्यसकै परिणामस्वरूप एकातिर मुर्छित सामन्तवादको, मृत्युको मुखमा परिसकेको नाइकेले खुनी ऑखा चम्काउने र हिंस्रक हात लम्काउने दुष्प्रयास गर्न खोज्दै छ भने अर्काेतिर सशस्त्र जनयुद्धका मुटु कमाउने र सातो खाने स्वरहरूको गर्जन पनि सुनिन थालेको छ ।

 

सधै‘ यस्तो किन हुन्छ ?

जनताले सशस्त्र सङ्घर्षमा कैयौ‘ प्यारा सन्तानलाई बलिवेदीमा चढाएर ०७ सालमा पार्टीलाई संविधान सभाको निर्वाचन गर्न सत्तामा चढाए तर पूरा भएन । उनै जनताले मतदानद्वारा ०१५ सालमा सत्तासीन बनाए कांग्रेस पार्टीलाई । त्यो सत्ताले पनि दोस्रो वसन्त ऋतु देख्न पाएन । ०४६ सालमा जनताले फेरि बलिदानी संघर्ष गरे र पार्टीहरूलाई पुनः सत्ताको सुन्दर गद्दीमा विराजमान गराए । त्यो बेला पनि कुनै पनि सरकारले पूरा समय काम गर्ने क्षमता देखाउन सकेनन् । धिकिरधिकिर गर्दै घस्र‘दै गरिरहेको प्रजातन्त्ररूपी चिडिया पुनः चिल र बाजको पञ्जामा परयो र मृत्युलाई स्वीकार गर्नुपरयो, उसले । त्यसले गर्दा जनताले पुनः रगतको सागर बगाउनु परयो, ०६२÷०६३ सालमा ।

यसरी जनताले फेरि लोकतान्त्रिक गणतान्त्रिक नेपालको लगाम सुम्पे र संविधान सभाको निर्वाचन गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने महान अभिभारा पूरा गर्न राजनीतिक पार्टीहरूलाई जिम्मा लगाए । समयको त्यो अन्तरालमा पनि पार्टीहरू आन्तरिक विवाद र सत्ता स्वार्थको अमिलो झोलमा चुर्लुम्म डुबिरहे । उनीहरूले सरकार सञ्चालनमा स्थिरतासम्म पनि दिन सकेनन् र संविधान बनाउने दायित्वबाट पनि निकै टाढा खडा भए । हुँदाहुँदा पार्टीहरूले सर्वाेच्च अदालतका वहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा निर्दलीय सरकार गठन गरे, अर्काे संविधान सभाको निर्वाचनको नाममा ।

संविधान सभाको दोस्रो निर्वाचन भयो । त्यसले केही प्रगतिशील प्रावधानका साथमा समाजवादी निर्माण गर्ने घोषण गरेको छ,२०७२ सालमा । त्यसलाई कार्यान्वयन गर्न कम्युनिष्ट पार्टीको बलियो सरकार पनि बन्यो । त्यो सरकार पनि सफल हुन सकेको छैन । जनतामा नैराश्य छाउन थालेको छ । विगत पौने शताब्दीसम्म जनताले रातो श्रीपेचद्वारा सुसज्जित बनाइदिएका छन् राजनीतिक पार्टी र नेतृत्वलाई । तर, सधैं असफल छन् उनीहरू किन ? गहिरो गरी छानविन गर्ने समय पनि बित्न थालेको प्रतित भएको छ, अहिले ।

नेपालबाट जहानिया राणाशासनको उन्मुलन भयो । राजतन्त्रको पनि अन्त्य भयो । तर कुनै नेता राष्ट्रपिता किन हुन सकेनन् ? यसका कारणहरूको खोजी हुन जरूरी ठानिए जस्तो लाग्दैन । ०७ सालमा राणा शासनका साथमा राजतन्त्र पनि समाप्त हुने अवस्थामा पुगेको थियो । त्यसरी ढल्नै लागेको राजतन्त्रलाई टिकाउन विपी  कोइरालाद्वारा दिल्ली सम्झौता नगरिएको भए राजतन्त्र उतिबेलै ढल्थ्यो । उनै विपि कोइराला राष्ट्रपिता हुने थिए । यसो भन्न संकोच मान्नपर्ने कुनै कारणे देखिएन । त्यो अवस्था उनैका क्रियाकलापले गर्दा गुम्न गयो । उनी गतिशील जनताका पक्षमा खडा हुन सकेनन् ।  

सुरुको कामले मदन भण्डारीमा केही छनक देखिएको थियो तापनि उनको षडयन्त्रपूर्ण हत्या भएपछि त्यो कुरा अस्ताउन पुग्यो । ०६२÷०६३ को जनआन्दोलन र ०६५ को राजतन्त्रको अन्त्यको सैद्धान्तिक र वैचारिक नेतृत्व दिएको माओवादी पार्टीका नेता पुष्पकमल दाहालले पनि ०६५ सालमा राष्ट्रपिता हुने मौका नपाएका थिएनन् । आपूm प्रधानमन्त्री भएका समयमा सबै पार्टीलाई साथ लिएर राष्ट्रिय एकताका साथ राष्ट्र निर्माणमा लागेको भए उनी सफल हुन सक्थे होला । तर, उनले पनि देश र जनताको नेतृत्व लिने क्षमता र योग्यता देखाउन सकेनन् । पार्टी स्वार्थमा मात्र केन्द्रित भएर व्यर्थमा समय बिताए । यतिबेला केपी शर्मा वलीले यो मौका पाएका थिए । उनको भ्रष्टाचार प्रियता, समाजवाद विरोधी र एकलकाटे प्रवृृत्तिले गर्दा उनी पनि डुबिरहेका छन् । अब उनीबाट सकारात्मक पाइला चालिएला भन्न सकिदैन । इतिहासको खास मोडमा राष्ट्र र जनताका पक्षमा सतिसालझैं उभिन नसक्ने नेतालाई उच्च स्तरको सम्मान नमिल्नु स्वाभाविक हो । अरू नेताहरूबाट पनि राष्ट्रपिता हुने क्षमता प्रकट हुन नसकेको कुरा सबै नागरिकले थाहा पाइरहेको कुरा कसैका सामु पनि अदृष्य भएको छैन ।

पार्टी र नेतृत्व सधैं असफल भइरहनाको मुख्य कारण हो पार्टी नेतृत्वमा लिसो टॉसिएझै‘ टॉसिएर रहेको सामन्तवाद सहितको आत्मकेन्द्रित चिन्तन र विचार । सामन्तवाद भनेको आफूबाहेक अरूको अस्तित्व स्वीकार नगर्ने र जनतालाई भेडाबाख्रा ठान्ने निन्दनीय विचार हो । यो अवसरवादी पनि हुने गरेको छ । जब ठूलो शत्रुद्वारा आफ्ना टाउकामाथि बज्रठिङ्गा बज्रन थाल्दछ तब ‘तपाइ‘ नै ईश्वर हो’ भन्दै रुँदै सहयोगको याचना गर्दै गिडगिडाउन थाल्छन्, जनतास‘ग । उनले ‘मैले तपाइ‘कै निम्ति काम गर्छु’ भनेर बाचा गर्छन् र जनताको गोठालो हुने कसम खान्छन् । जब पुन हातमा अधिकार दिन्छन् जनताले, तब आफूलाई सम्राट ठान्छन् र पुरानै व्यवहार दोहोरयाउ‘छन् । पार्टीहरूले सधैं यस्तै व्यवहार देखाइरहेका छन्, जनताप्रति । त्यसपछि जनताको प्रतिक्रिया प्रकट हुन्छ र ‘बादशाहहरू’ एक्ला बन्न थाल्छन् । त्यस्तो अवस्थामा पुन फ्याँकिन्छन् प्राचीन बनिसकेका तत्वबाट, कु‘डाकर्कटझै‘ । ००७ सालमा घोषणा गरेको संविधान सभाको चुनाव गरिएन र कठपुतली बनाइए राजाबाट, पार्टीहरू । ०१५ को संसदीय निर्वाचनमा आफूलाई दुई तिहाई सिटमा विजयी गराउने जनताको समर्थन मात्र पनि लिन सकेनन्, निरन्तर किन आफूलाई मतदान गरेका जनताको मात्र सम्मान हुन सकेको भए पनि बहुदल ढल्ने थिएन भन्नेमा शंका गर्नुपर्ने देखिदैन । त्यसपछि के कांग्रेस, के कम्युनिष्ट, के अरू, सबै दुष्टात्माबाट त्यही किस्सा दोहोरिइरहेको छ, देश र जनताका अगाडि । अहिले बनेको कम्युनिष्ट पार्टीको सरकार र त्यसका नेता केपी वली पनि विपीपथकै अनुयायी भएका छन् ।

नेपालमा राजनीतिक पार्टीहरू गठन हुँदा अहिलेका प्रभावकारी पार्टीहरूद्वारा आफ्नो वर्गका जनताको आधारलाई मुख्य जग बनाइएको देखिएन । कांग्रेस पार्टी पूँजीपति वर्गका बिचबाट गठन भएको होइन । त्यो सत्तामा रहेका सामन्तसँग असन्तुष्ट सामन्तीहरू, असन्तुष्ट राणाहरू, सामन्ती बुद्घिजीवीहरू, त्यस्तै चरित्रका बौद्धिक चिन्तकहरू र व्यापारीहरूले टुटेफुटेका इटाहरू जम्मा गरी बनाइएको घर हो नेपाली कांग्रेस । त्यसले आफूलाई पूँजीपति वर्गको हकहितका निम्ति र प्रजातन्त्रका लागि भनेर पार्टी घोषणा गरेको थियो । उनीहरूले मध्यम पूँजीपति  वर्गको मसिहा र प्रजातन्त्रप्रति समर्पित भनेर पनि घोषणा गरे, पार्टीलाई । कम्युनिष्ट पार्टी पनि सर्बहारा वर्गका बिचबाट बनेको थिएन । असन्तुष्ट कांग्रेस, साना सामन्ती, कांग्रेसी बुद्धिजीवी  र त्यस्तै बौद्धिक व्यक्तिहरूद्वारा त्यसको गठन भएको थियो, सर्वहारा वर्गको मुक्तिका निम्ति भनेर । ती पार्टीहरूका नेताहरूले आफ्नो वर्गको मुक्तिका निम्ति भनेर होइन अर्काका निम्ति भनेर पार्टी गठन गरेका थिए । सामन्ती विचारग्रस्त त्यो नेतृत्वले सत्ताबाट फ्याँकिएपछि ‘तिम्रो निम्ति काम गर्छु’ भने पनि सत्तामा पुगेपछि आफ्नै वर्गको सेवामा समर्पित हुने गरेको छ । आफूभित्र रहेको सामन्ती विचारले शक्तिमा पुगेपछि अर्काको निम्ति काम गर्न दिदैन, आफ्नो र आफ्ना वर्गको हितका निम्ति मात्र काम गर्न लगाउँछ । ‘भेडा भेडासँग र बाख्रा बाख्रासँग’ भन्ने उखान धेरै अनुभवपछि बनाएका हुन्, पुर्खाले । त्यही उखानलाई मार्गदर्शक सिद्घान्त बनाएर काम गरेको देखियो, पार्टीका सामन्ती विचारले ग्रस्त नेतागणहरूद्वारा । यतिबेला पनि उनीहरूको वर्गचरित्रअनुसार नै काम भइरहेको छ । अर्काका निम्ति काम गर्छौ‘ भन्नेहरूले मौका पाउनेबित्तिकै बेइमानी गरिहाल्ने कुरालाई असल काम नभने पनि स्वाभाविकचाहिँ‘ मान्नु पर्ला । शक्ति प्राप्त गर्दाका दिन सामन्ती विचारले कहॉ अर्काका निम्ति काम गर्न दिन्छ । राजा ज्ञानेन्द्रको बाघझापट खानुपरेका बेलामा कांग्रेस र कम्युनिष्ट पार्टीहरूका नेताहरूले समावेशी लोकतन्त्रको स्थापना, सङ्घीय लोकतान्त्रिक संविधान, सबैको पहिचानमाथि आधारित राज्यको पुनसंरचना गर्ने कबुल गरे जनतास‘ग । त्यसपछि पाएको जनसमर्थनको हात्तीमाथि जब नेतृत्व सवार भयो तब उनीहरू त्यस्ता आधारभूत विषयबाट फनक्क पछाडि फर्केका हुनाले यी काम हुन सकेका होइनन् भन्न नसक्ने हो भने हामी पनि सत्यलाई छोप्ने कालो पर्दाधारी बन्न पुग्ने छौ‘ । अहिले पुन पार्टीहरूले जनाधार गुमाइरहेका छन्, जनताप्रति इमान्दार हुन नसक्नाका कारणले ।

सत्तामा चढेपछि कॉडाघारीको प्रतिगामी बाटोमा हिँड्न सजिलो माने पनि पार्टीहरूले शक्तिबाट फ्याँकिएको बेलामा दिएको  प्रशिक्षण, गरेको संगठन, हॉकेको आन्दोलन आदिले गरीब र दलित जनता, पछाडि परेका सर्वसाधारण जनता र जनजातिहरू, दुर्गमबासी नागरिक, दासत्वमा छटपटाइरहेका महिला आदि शोषित,  पीडित र दमित जनतालाई निकै सचेत बनाएको छ । परिणामस्वरूप देशमा वर्गीय, जातीय, जनजातीय, लैंगिक, क्षेत्रीय, पेशागत आदि जागरणले उच्च शिखर चुमिरहेको स्पष्टताका साथ प्रदर्शित भइरहेको छ । यस्ता जागृत जनताले पहिलाझै‘ बूढा पार्टीहरूका निम्ति आफूलाई समर्पित गर्ने उत्साह देखाउन छाडेका छन् र आफ्नै निम्ति आन्दोलन गर्ने कार्यक्रम बनाउन थालेका छन् । हाल यस्ता पार्टीहरू शक्तिशाली बन्ने प्रयत्नमा छन् । वास्तवमा वर्गीय र सामुदायिक जगमा आफ्नै वर्ग र समुदायका निम्ति भनेर खडा भएका पार्टीहरूले मात्र आफ्नो वर्ग र समुदायको भलाइमा इमानदारिताका साथ काम गर्न सक्छन् भन्ने कुरा सत्य हुँदै आएको छ।

अर्काको निम्ति भनेर घोषणा गरिएका पार्टीका नेतागणले पनि आफूलाई घोषणाअनुसार रूपान्तरण गर्न सकेको भए सफलता प्राप्त हुन सम्भव थियो । त्यस्तो हुन सकेको हुनाले सिंगापुर लगायत संसारका कतिपय देश र जनताहरू विकसित र समृद्धशाली भएका हुन् भन्ने कुरा स्पष्ट छ । हाम्रो देशका पार्टीका अगुवामध्ये कसैले पनि आफूलाई सामन्ती चिन्तनमुक्त बनाउन सकेका देखिएनन् ।

प्रगतिका कैयौ‘ कुरा परिस्थितिजन्य हुने भए पनि मुख्य नेताले आफूलाई रूपान्तरण गर्ने कुरा अरूको हातमा थिएन । पार्टीका नेताले व्यक्तिगत स्वार्थ त्याग गर्न सक्थे । आफूले भ्रष्टाचार नगर्न सक्थे । आफूलाई समाजवादी बनाउन सक्थे । आफूले निजी स्वार्थ त्याग गर्न र भ्रष्टाचार नगर्न सकेको मात्र भए पनि देशमा राजनीतिक शक्तिबाट भ्रष्टाचार हुने थिएन । आफू शुद्ध भएपछि अरू ठाउँको भ्रष्टाचार हटाउन पनि उनीहरूको प्रयत्न हुने थियो । यो व्यवहारले राष्ट्र र जनताका निम्ति निजी स्वार्थ त्याग गर्ने होड चल्थ्यो । त्यसका निम्ति प्रशिक्षण चल्थ्यो देशभर । यसमा नै प्रतिस्पर्धा हुने थियो सबैको । तर, देशका वर्तमान नेतागण सामन्ती शोषणमा चुर्लुम्म डुबाइरहन चाहन्छन् जनतालाई । भ्रष्टाचारलाई नेपाली संस्कृति बनाउने अभियान सञ्चालन गर्नमा तल्लीन छन् । प्रजातान्त्रिक समाजवाद र माक्र्सवाद लागु गर्नुपर्ने नेताहरू कोही जंगबहादुर कु‘वरजस्ता र कोही मोहन समशेर जबरा जस्ता जहानिया सामन्ती प्रशासक भएका छन् । आफू पतित भइसकेपछि कार्यकर्ता र अरू विपक्षलाई पनि पतनोन्मुख बनाएर फोहोरको डंगुरतिर धकेलिरहेका छन्, यिनीहरूले । अहिले कलेज र युनिभर्सिटीमा स्ववियुहरूका युवाहरूद्वारा हुने भ्रष्टाचारलाई यसकै परिणाम भन्न सकिने भएको छ । अहिले पार्टीका नेताहरूमध्ये एकले अर्कालाई विदेशी दलाल पनि भनिरहेका छन् । आरोपको कुरालाई ध्यान दिने हो भने कुनै पनि नेता स्वदेशी सोचाइको छैन जस्तो लाग्न थालेको छ । निजी र व्यक्तिगत स्वार्थकै कारणले यस्तो भएको हो भन्ने कुरा बिलकुल सत्य छ, दिनको घामजस्तै ।

राजनीतिक काम सेवामुलक हुनुपर्ने हो । यो क्रान्ति र आन्दोलन कालमा सेवामुलक भएको पनि नदेखिएको होइन । तर, जब सत्ताको लगाम खस्न गयो पार्टीहरूको हातमाथि तब यो क्षेत्रलाई पेशामुलक मात्र बनाइएन, भ्रष्टाचारलाई संस्थागत गरेर अकुत सम्पत्ति आर्जन गर्ने क्षेप्यास्त्र नै बनाइयो, राजनीतिक जिम्मेवारीलाई । अब पुराना पार्टीका वयोवृद्ध नेता गणले भनाइ र गराइमा एकरूपता ल्याउनुपरयो । अगुवाहरूले निजी स्वार्थ र भ्रष्टाचारमा राज्य र जनताको सम्पत्ति दुरूपयोग गर्न भएन । समाजवादी आचरणलाई जीवन बनाउनु परयो । सम्पूर्ण जनतालाई अधिकार सम्पन्न बनाउनु परयो । जनताको चाहनामा यही अभिव्यक्त भएको देखिन्छ । अझ महत्वपूर्ण कुरा, नयॉ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु हो भन्ने बुझ्न सक्ने हो भने पनि समस्या समाधानको सानो काम हुन सक्ने सम्भावना हुने थियो।

सामन्ती जमानामा गुरुकुल र कांशी हरिद्वारका आश्रममा हुर्केका हजुर्बा र बाहरूमा भन्दा आधुनिक विज्ञानको प्रयोगशालामा हुर्केका युवाहरूमा सामन्ती चरित्रको प्राचीन विचार, मात्रामा बहुत कम हुन सक्छ । युवामध्ये पनि सबैभन्दा बढी आधुनिक विचार र प्राविधिक ज्ञानले युक्त, निस्वार्थ र भ्रष्टाचार नगरेको व्यक्तिमाथि भरोसा गर्नु फलदायी हुन सक्छ । युवाहरू पनि पित पोशाके पिता र लँगौटीधारी प्रपिताका प्राचीन विचारको उत्तराधिकारी हुनबाट दुर्गम वास गर्दै नेतृत्व लिन पहल गर्ने प्रयत्नमा रहन आवश्यक छ । अन्यथा जागृत तर दमित समुदायले विद्रोहको बाटो लिने कुरा समाजको अग्रोन्मुख प्रवाहले व्यक्त गरिरहेको देखिएको छ । यही प्रवाहमा समाहित जनताले आफ्नो निम्ति नयॉनयॉ राजनीतिक पार्टीहरू गठन गर्ने छन् भन्ने कुरामा पूर्ण रूपमा विश्वस्त भए हुुन्छ जस्तो लाग्छ । 

हिजोको जस्तो हक र अधिकार नबुझेका र खोज्न नजानेका जनता छैनन् अहिले । हकप्रति सचेत र अधिकारप्रति जागृत जनता पहिलापहिला जस्तो चूपचाप बसेर मुर्दा शान्तिमाथि बलात्कार गर्न दिइरहने छैनन्, अगुवाहरूलाई भन्ने कुरामा विश्वास गरे हुन्छ जस्तो लाग्छ । यसरी समाजको अग्रगतिलाई अवरोध गर्नेहरू सबै विगतका वस्तु बन्नुपर्ने अनिवार्य छ भन्ने लाग्दछ । अग्रगामी शक्तिले मात्र आजसम्म राजनीतिक शक्तिहरूले देखाएको असफलतालाई सफलतामा विकास गर्न सक्ने छ भन्ने विषयमा शंका गर्नुपर्छ जस्तो लाग्दैन  ।  

प्रकाशित: १९ पुस २०७७ ०९:०९ आइतबार

अक्षर