होमनाथ खनाल
माया भो टाढा बिझ्यो है काँडा , यो मनै जलाउने,
रोपेको बिरुवा , ओइलाउँदै गयो कहिले हो पलाउने।
दुख र सुख बातचित हुन्थ्यो, थिएन कहिलै पीर,
नखबर आउँछ न भेट हुन्छ , छैन है यो मन थिर।
अचानक आयो हावा र हुरी ढले है ती रूख,
हरायो हाम्रो हिजोको मुस्कान , टाढा भो त्यो सुख।
हरियाली बन खुसी थियो मन, भेट हुन्थ्यो जहिलै,
यस्तो हुन्छ भन्ने सोचेको थिइन, मैले त कहिलै ।
जे भए पनि हाँसेर रहूँ , खुसी मन पारेर,
लेखेको कुरा नटर्ने रैछ आफूले टारेर ।
प्रकाशित: १५ पुस २०७७ ०६:०८ बुधबार