मञ्जुश्री लघुकथा
१) जुक्ति
कृष्ण राजवंशी हाम्रो कार्यालयमा आएको पाँच वर्ष भयो । सरुवाको हल्ला चल्छ तर त्यसले उनलाई छुँदैन । उनी हाकिमले रुचाएका मान्छेमा पर्छन् । हतपत सरुवा नहुने । कार्यालय पनि त्यस्तै प¥यो । अप्ठयारो चाहिँ परेकै जस्तो छ ।
घरमा जेनतेन खेतीपातीले खान पुग्छ । सलाई, नूनजस्ता सामान्य खर्च घरभाडाले पुग्छ । छोराछोरी पढाउने खर्च तलबबाट जान्छ ।
दिनदिनै सेकुवा धाउँदा निक्कै ऋण भइसकेछ । मसँग पनि सापटी मागे । मैले ‘पैसा छैन सर । ब्याजमा लिने भए एक महिनाको तलब दिन्छु’ भनँे । मेरो ब्याज सुनेर तर्सिए उनी ।
बुढीसँग जुक्ति निकाल्नु पर्छ होला भन्दै थिए । श्रीमतीले पालेको कुखुरा खसी बेचबिखनका पैसा पेवा हुँदोरहेछ । के जुक्ति थियो कुन्नि भोलिपल्ट उनी मुस्कुराइरहे ।
भोलिपल्ट अफिस आउँदा उनको कानमा अबिर देखँे । “सर, के भयो रु कानमा अबिर छ त ।”
सविन मन्त्री भएको छ । रविनले अझैसम्म लोकसेवाको परीक्षा दिइरहेको सविनलाई थाहा थियो । योपल्ट रविनको नाम निक्लियो । सबैले लाग्यो मेहनती रविनले पढेरै नाम निकाल्यो । रविनकी श्रीमतीको भुईंमा खुट्टै रहेन । रविनले मनमनै सोच्योे यसपालि त मैले लेखेको धेरैवटा गल्ती भएको थियो । ऊ सुसमाचार सुनाउन दाजुको घरमा पुग्यो ।
२) बाआमा
सविन र रविन दाजुभाइ हुन् । सविन अलि फटाहा स्वभावको । सानैदेखि चकचके । रविन कक्षामा सधैँ प्रथम भएको कुरा सविनलाई पटक्कै मन नपर्ने ।
रविनको कारणले सविनले घरमा सधैँ गाली खाने गर्छ । सविनले तीन वर्षअघि विद्यालय टेके तापनि आज ती दुई जना एउटै कक्षामा छन् ।
रविनले आइएस्सी गरयो र लोकसेवाको तयारीमा लाग्यो ।
सविन वडा अध्यक्ष भयो । लोकसेवामा सफल नभएपछि रविन कलेज पढाउन थाल्यो । दुवै जना बिहे गरेर छुट्टिए ।
बाआमा सविनसँग बसे ।
सविन मन्त्री भएको छ । रविनले अझै लोकसेवाको परीक्षा दिइरहेको सविनलाई थाहा थियो । योपल्ट रविनको नाम निक्लियो । सबैले लाग्यो मेहनती रविनले पढेरै नाम निकाल्यो । रविनकी श्रीमतीको भुइँमा खुट्टै रहेन । रविनले मनमनै सोच्योे – यसपालि त मैले लेखेको धेरैवटा गल्ती भएको थियो ।
ऊ सुसमाचार सुनाउन दाजुको घरमा पुग्यो ।
सविनले हाँस्दै सोध्योे, “पास भइस् । अब भन्सारमा दरबन्दी हुन्छ तेरो । टेन्सन नलिनू । भाउजू किचकिच गर्दैछे । बाआमालाई लैजानू । अरू कुरा म हेरुँला ।”
दाजुको कुरा रविनलाई निल्नु कि ओकल्नुभयो । घरमा गएर श्रीमतीलाई के भन्नु ! ऊ सोचमग्न भयो ।
३) धन
“आमा कति वर्षकी हुनुभयो ? ” सेतै फुलेको कपाल र चाउरी परेको अनुहार हेर्दै सोध्यो सेतेले ।
वृद्धाश्रममा बसेकी बूढी आमाले भनिन्, “सतासी वर्ष पुगेँ ।”
– आश्रममा बसेको कति भयो ?
– बीस वर्ष भयो । किन सोध्नुभयो होला बाबु ?
– तपाईंका आफ्ना कोही नभएर यहाँ आउनुभएको हो । घर कहाँ हो ?
– बाबु , आफ्ना मान्छे नभएका भए म यहाँ आउँदिनँ थिएँ । घर कुपण्डोलमा छ । एउटा छोरा थियो । छोरा मरेपछि बुहारी र नातिले व्यापार गर्छ भनेर घरखेतमा सहीछाप गरिदिएँ । मभन्दा धन प्यारो भयो । सबैले हेला गर्न थालेपछि छिमेकीले यहाँ ल्याइदिए ।
“ए ” भन्यो सेतेले र त्यहाँबाट हिँड्यो । घरमा आएर सोच्यो – अब विदेश जान्नँ । बरु यहीँ ज्यामी काम गर्छु । धन पनि छैन । वृद्धाश्रम पनि जान्नँ ।
४) छिमेकी
साहिँली बज्यैलाई छिमेकीसँग रिस उठिरहन्थ्यो । रमेश घर्तीलाई उनी जातभातका कुराले घोचपेच गरिरहन्थिन् । रमेशलाई नजिकका र साँध जोडिएका छिमेकीसँग झगडा गर्न मन लाग्दैन थियो । साहिँली बज्यैलाई आफ्ना चारभाइ छोरा र धनमाथि धेरै नै घमण्ड थियो । खरिदारको जागिर भए पनि श्रीमतीको मितव्ययी व्यवहारले परिवार चलेकोले अभावको आभाष भएको छैन । छोराछोरीहरू सरकारी स्कुलमा पढछन् ।
साहिँला बाजे गम्भीर बिरामी भएर दिल्ली लगे तीन भाई छोराले । कान्छा छोराबुहारी अमेरिका गएको चार वर्ष भैसकेको छ । यता हुने तीन छोराबुहारीहरू पनि अलग अलग बस्छन् । एक्कासी कोरोनाको कहर सुरु भयो । लकडाउनले गर्दा साहिँला बाजेहरू दिल्लीमै अड्किए । बज्यै घरमा एक्लै थिइन् । गाउँमा कोही कसैको घरमा आउन जान छोडेका छन् । साहिँली बज्यै अचानक राती एघार बजे बिरामी भइन् ।
छिमेकीलाई गुहार्नुभन्दा पहिले उनले कान्छो छोरालाई फोन गरिन् । फोन उठेन । दिल्लीमा फोन गर्न मन लागेन । अनि नजिकै घर भएका तीनटी बुहारीहरूलाई पालैपालो फोन गरिन् । कोही आएनन् । बहाना बनाए । उनी आँगनमा निस्केर बसिन् । रमेश सुतेका थिएनन् । झ्यालबाट साहिँली बज्यैलाई “आमा, सबै ठिक छ नि रु” भनेर सोधे ।
बज्यैले रुँदै ‘रमेश १ मलाई अस्पताल लगिदेऊ न’ भनिन् । साहिँली बज्यैलाई लिएर रमेश अस्पताल पुगे । रातभरि अस्पताल बसे र बिहान घर फर्के । घरबाट खाना लिएर गए । रमेशले साहिँली आमालाई हिजोदेखि भोकै हुनुहुन्छ भनेर खाना खान आग्रह गरे ।
कहिल्यै बाहिर नखाएकी भए पनि परिस्थिति फरक थियो । भित्र भोक थियो । मनले नमाने पनि खाइन् । अरू उपाय थिएन । सात दिनसम्म साहिँलीबज्यै अस्पताल बसिन् । भेट्न कोही आफन्त आएनन् । रमेशका जोइपोइले नै अस्पतालबाट घर ल्याएपछि साहिँली बज्यैले सोचिन् कि सानो जात भनेर सधैँ हेला गरेको छिमेकीले प्राण बचाए । हेलत्तो गरेका घर्तीले पकाएको खाना कत्ति मिठो । मनमनै यो सोचेर रमेशको घरमा आइन् र भनिन्,“रमेश १ म आज यहीँ खाना खाने गरी आएकी, खान दिन्छौ रु” रमेशकी जहान बोली, “साहिँली आमा, यो घर आफ्नै सम्झिनुस् ।”
५) महाजन
गैरेले एघार वर्षमा टेक्यो । तर भर्खर चार कक्षामा चढेको छ । एकदिन विद्यालयमा पार्टीका मान्छेहरू आए ।
“देशको लागि केही गर्नुपर्छ । सामन्ती र साहु महाजनलाई समाजबाट लखेट्नुपर्छ ।” भाषण गरेको सुनेर गैरे मक्ख परयो । हुन पनि हो, साहु महाजनलाई लखेटे कति राम्रो हुन्थ्यो होला । मनमनै सोच्यो । “देशको लागि केही गर्छु भन्नेले हात उठाओ ।” गैरेले पनि हात उठाउनेहरूसँगै हात उठायो । उनीहरूले सबैको नाम टिपेर लगे ।
एक हप्तापछि फेरि तिनै मान्छेहरू आए । नाम टिपिएकाहरूलाई जम्मा गरे । “अब हामीले देशको लागि गर्ने बेला आएको छ । ल जाऊँ” भनेर लिएर गए ।
लगातार एक हप्तासम्म हिँडाए । बिहान– बेलुका खाना खुवाउँथे । खाना खान दिने मान्छेले डराउँदै खाना ख्वाउँथे ।
बिहान उठेर फेरि हिँड्थे । “आज राति हामीले देशका लागि बलिदान दिने दिन हो ।”
कमाण्डरले यस्तै यस्तै धेरै कुरा भन्यो । गैरेले केही बुझेन । रातको बाह्र बजेदेखि युद्ध सुरु भयो । बिहान मात्र गोली चल्न छाड्यो । लास नै लासको बीचमा गैरे हराइसकेको थियो ।
गैरेकी आमा गैरेलाई खोज्दै महाजनको घरमा पुगी । महाजनले ‘घरमा आज कोही छैनन् । तँ आइछेस् । खाना बनाइदे’ भन्दा नाइँ भन्न सकिन । खानासँगसँगै महाजनले गैरेकी आमासँग आनन्द लिइरह्यो । छोरा खोजिदिने आश्वासनमा उसले सबै कुरा मानिरही, मानिरही ।
(मञ्जुश्री गिरीको लघुकथा संग्रहबाट !)
प्रकाशित: ४ पुस २०७७ ०८:१९ शनिबार