कला

दुई मुटुको जिन्दगानी

गीत

योगप्रसाद उपाध्याय (दिङलाली) 

 

घाम पुगे डाँडापारि तिमीलाई भेट्ने मन,

मन पनि दोमन भयो कट्नु पर्छ रानीवन ।

 

थाहै भएन वसन्तहरू कर्कलाको पानी थोपा,

ढलपलाउँदै झर्दो रैछन् पिउनुपर्ने प्यासी थोपा ।

 

संसारको रीत राम्रो दुई मुटुको जिन्दगानी,

आफ्नो भाग्य दोषी रैछ आसुँले भिज्यो सिरानी ।गीत

प्रकाशित: २८ कार्तिक २०७७ ०६:३६ शुक्रबार

अक्षर