कला

कहाँबाट सुरु हुन्छ, प्रेम बाटो थाहा छैन

गजल

दिङ्लाली कान्छो

 

कहाँबाट सुरु हुन्छ, प्रेम बाटो थाहा छैन,

कति दिन रुने होला, मेरो माटो थाहा छैन ।

 

इतिहास मेटाएर, मेटिंदैन बुझ्नुपर्छ ,

विदेशीको इशारामा, किन फाटो थाहा छैन

 

भाइभाइ फुट्छौ भने, जुट्न पनि सिक अब,

ढिलो भयो आज किन बन्छौ लाटो थाहा छैन ।

 

अँध्यारोमै बित्ने भयो, जिन्दगानी हाम्रो पनि,  

कैले धुने रगतको, कालो टाटो थाहा छैन ।

 

निदानको शिविर पो, बसाउनुपर्छ होला,

मायाप्रिती बोक्ने डोरी, कस्ले काटो थाहा छैन ।

 

गरीबीको कुचक्रमा, परेको छ भाग्य आज,

निरन्तर विधाताले, कति ढाँटो थाहा छैन ।

प्रकाशित: १६ कार्तिक २०७७ ०९:५० आइतबार

अक्षर