कला

सम्झनामा राष्ट्रकवि

कविता

 अरुणबहादुर खत्री ‘नदी’

 

साहित्यका धरोहर प्रेरणाको स्रोत थियौ तिमी

यस धर्तीबाट हामीलाई छाडेर गयौ तिमी

तिमी बाँच्दा हामीले तिमीलाई  

हँसिलो मुहारमा देख्न पाएका थियौ

मन्द मुस्कान छाइरहेको थियो  

सिर्जनाको सुवासमा फैलिएका फूल तिमी

शताब्दीको सीमा पार गरेर गयौ

साहित्यको स्रोत बनेका थियौ तिमी

निलो गगनमा चम्किराखेको देख्न पायौ

साहित्यको फाँटमा उज्ज्वल तारा बनी

हामी सबैले मुस्कुराइराखेको देख्न पायौ  

जुन धर्तीमा जन्म्यौ त्यही धर्तीमा तिमी  

एकसय एक वर्षको उमेरमा मरेर गए पनि  

तिम्रा ती सिर्जनाहरू अमर रहिरहनेछन्  

तिमीलाई हामीले सधैँभरि सम्झिरहनेछौ ।

प्रकाशित: ३ भाद्र २०७७ ०५:३७ बुधबार

अक्षर