कला

जन्म दिनको उपहार ‘गोदान’

विनोद नेपालको लघुकथासंग्रह

काठमाडौंमा विनोद नेपालको लघुकथासंग्रह ‘गोदान’को सामूहिक विमोचन।

आफ्नो ५६ औं जन्म दिनमा साहित्यकार विनोद नेपालले लघुकथासंग्रह ‘गोदान’ लोकापर्ण गरेका छन्। भूगोल साहित्य समाजले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सामूहिक लोकापर्ण गरिएको हो। संग्रहमा राजनीतिक, सामाजिक र आर्थिक विषयका ५६ वटा प्रभावशाली लघुकथा छन्।  

कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्य, लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकारहरू ध्रुब मधिकर्मी, पवन आलोक, दिनेशविक्रम थापा, शैलेन्द्र शाह, प्रकाश घायल, दिपक लोहनी लगायतले ‘गोदान’ सार्बजनिक गरेका हुन्।  

लोकापर्णका हिसाबले ‘गोदान’ उनको पहिलो कृति बनेको छ तर प्रकाशनका हिसाबले पहिलो कृति ‘देश र विदेश’ नियात्रासंग्रह हो जुन विसं २०७६ चैतमा छापिएको थियो। मुलुकमा जारी लकडाउनका कारण नियात्राकृति सार्बजनिक हुन बाँकी छ।   

साहित्यकार नेपालले लघुकथा, यात्रा संस्मरण, मुक्तक र हाइकु विधामा कलम चलाउँदै आएका छन्।  

प्रकाशित: २७ श्रावण २०७७ ०१:४५ मंगलबार

लघुकथा अक्षर