कला

मेरो देश

कविता

स्मृति सापकोटा,

 कक्षा–५,

श्री ताराकुञ्ज सेकेण्डरी स्कुल, पोखरा –१३,कास्की ।

 

मेची नदी पूर्वतिर काली पश्चिमतिर

तेस्रो ध्रुव हाम्रै देश सगरमाथा शिर  

बलभद्र, अमरसिंह  यो  देशका सान

कसै गरी झुक्न दिन्नौं हाम्रो स्वाभिमान

 

इतिहासको गौरव अनि गोर्खालीको देश

प्रकृतिले  भरिपूर्ण  सुन्दर परिवेश

लुम्बिनीका गौतम बुद्ध एसियाको तारा

सुन्दरताको बयान गर्दा छक्क पर्छन् सारा ।

 

ठूला नदी गण्डकी, कर्णाली र कोशी

नागबेली हुँदै बग्छन् पहाड हुँदै बेसी

उत्तरतिर अग्लाअग्ला हिमालका लहर

देशलाई अघि बढाउन सबैको छ पहल ।

 

रीतिरिवाज परम्परा धर्म जोगाउने

गुम्बाविहार मठमन्दिर संसार चिनाउने

सीधासाधा मानिस बस्छन् सबैको राम्रो बानी

पर्यटकले रुचाउने प्रकृतिकी खानी ।

 

हिमाल पहाड तराई मिली बनेको छ देश

बहुजाति  बहुधर्म  बहुभाषा भेष

मिलीजुली गर्छौं यहीँ एकजुट भई काम

सबैभन्दा सुन्दर देश नेपाल हो नाम ।

प्रकाशित: ११ श्रावण २०७७ ११:५८ आइतबार

जूनकीरी