कला

‘धुपौरे’ अनमोल

काठमाडौं  – अभिनेता अनमोल केसी ‘धुपौरे’ फिल्ममा देखिने भएको छन्। उनी निर्देशक साम्तेन भुटियाको ‘धुपौरे’ फिल्ममार्फत फरक अवतारमा देखिने पक्का भएको हो।

‘मानिसको महत्व र अस्तित्वलाई कसैले वेवास्ता गर्न गलत हो। यो फिल्म मेरो लागि समेत चुनौतीपूर्ण छ। कारण, फरक फिल्म निर्माण गरिरहेका निर्देशकसँगको ट्युनिङमा गरिरहेको भन्दा फरक अवतारमा काम गर्दैछु,’अभिनेता केसीले भने।
जेएस इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको ‘धुपौरे’ को अन्य कलाकारहरू टुंगो लागिसकेको छैन्।

‘फिल्मको कथा र कलाकारको अभियन क्षमताअनुसार उनलाई अनुबन्धित गरिएको हो। अभिनेता केसी देखिरहेकोभन्दा फरक अवतारमा देखिन इच्छुक भएकाले ट्युनिङ मिलेको हो,’ निर्देशक भुटियाले भने। ‘धुपौरे’ फिल्मको तयारीमा जुटेका निर्देशक भुटियाको अर्को फिल्म ‘च च हुई’ आगामी मंसिर ६ मा रिलिज हुँदैछ। आगामी मंसिरको तेस्रो सातादेखि सुटिङ सुरु हुने ‘धुपौरे’ को कथा पकु पान्डेले लेखेका हुन्।

प्रकाशित: ८ आश्विन २०७६ ०१:३१ बुधबार

निर्देशक अनमोल धुपौरे