कला

कपिल बैवाहिक बन्धनमा बाँधिए

काठमाडाैं - भारतीय चर्चित हाँस्य कलाकार कपिल शर्मा बैवाहिक बन्धनमा बाँधिएका छन्। लामो समयदेखि गिन्नी चतरथसँग चलेको प्रेमलाई उनले बुधबार बैवाहिक सम्बन्धमा परिणत गरेका हुन। कपिलको बैवाहिक समारोहलाई सम्पूर्ण उनका प्रशंशकहरु समक्ष पुर्‍याउन फेसबुकमा समेत लाइभ गरिएको थियो।

बुधबार जालन्धरमा हिन्दु परम्परा अनुसार उनिहरुको विवाह भएको छ भने विहिबार सिख परम्परा अनुसार उनीहरुको विवाह हुनेछ। कपिलको वैवाहिक समारोहमा बलिउड कलाकारदेखि नेताहरुसम्मलाई निमन्त्रणा दिइएको छ। रिसेप्शन भने डिसेम्बर २४ मा हुनेछ।

प्रकाशित: २६ मंसिर २०७५ १४:१६ बुधबार

कपिल_शर्मा