कला

नेपाली चेलीले गाएको भजन, जसले मोदीलाई नेपाल भ्रमण सम्झायो

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार ट्वीटरमा एउटा भिडियो शेयर गरेका छन्। भिडियो नेपाली चेली सरस्वती खत्रीले गाएको ‘वैष्णव जन’ बोलको भजनको हो। मोदीले खत्रीले गाएको भजनले आफ्नो नेपाल भ्रमणको स्मृतिलाई ताजा बनाएको उल्लेख गरेका छन्। भजनले नेपाल र भारतको सभ्यतालाई प्रतिबिम्बित गरेको उनले नेपाली भाषामै उक्त भजनको प्रशंसा गरेका छन्।

उनले नेपाली भाषामा ट्वीट गरेका छन्, ’गान्धीजीको प्रिय भजन “वैष्णव जन” सुरसुधा सांगीतिक समूह नेपालकी सरस्वती खत्रीको सुमधुर आवाजमा श्रवण गर्न पाउँदा मेरो  नेपाल भ्रमणको स्मृतिहरू ताजा भएको छ। भजनले भारत र नेपालको सभ्यतामा निहित मूल्यलाई प्रतिबिम्बित गर्दछ।’

भारतीय दूतावासले उत्पादन गरेको भजनमा सुरसुधा सांगीतिक समूहकी सरस्वती खत्रीको स्वर रहेको छ। 

भिडियाेः

 

प्रकाशित: ६ कार्तिक २०७५ ०३:१६ मंगलबार

नरेन्द्र_मोदी वैष्णव_जन_भजन नेपाली_चेली_सरस्वती_खत्री