कला/साहित्य

‘मेरी बास्सै’की अप्सरा आमाको पार्थिव शरीरमा नेपालको झन्डा ओढाएर अन्त्येष्टि

लोकप्रिय हास्यश्रृंखला ‘मेरी बास्सै’मा अप्सरा आमाको भूमिका निभाएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ।

लामो समयदेखि स्तन क्यान्सरबाट पीडित श्रेष्ठको हिजो (शुक्रबार) राति निधन भएको हो।

श्रेष्ठको अन्त्येष्टि आज बिहान पशुपति आर्यघाटमा गरिएको छ। अन्त्येष्टिअघि उनको पार्थिव शरीरमा नेपालको झन्डा ओढाइएको थियो।

श्रेष्ठले २०५२ सालमा ‘ट्वाक्क टुक्क’सँगै 'हिजो आजका कुरा' सिरियलबाट कलाकारिता यात्रा सुरु गरेकी थिइन्।

प्रकाशित: २१ असार २०८२ १२:४२ शनिबार

#Nagariknews #NepaliNews