कला/साहित्य

‘हामी र हाम्रो कृति समाज’ले गर्‍याे स्रष्टा भेटघाट तथा रचना वाचन

‘हामी र हाम्रो कृति समाज’ ले स्रष्टा भेटघाट तथा रचना वाचन गरेको छ। हामी र हाम्रो कृति समाजले एक समारोह बीच रचना वाचन तथा स्रष्टा भेटघाट गरेकाे छ। लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभा हल बालुवाटार काठमाडौँमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा रहेका थिए।

संस्थाका सचिव बद्री उप्रेतीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा ३ दर्जन स्रष्टाहरूले रचना वाचन गरेका थिए। कार्यक्रममा साहित्यकार सुशील रिजाल, राजेन्द्र घिमिरे सागर, कुमार खड्का, दुर्गा किरण तिवारी, सरिता थापा, नम्रता उप्रेती, बद्री उप्रेती, अरुण खड्का, राजेशमान केसी, कमला अधिकारी, मन भुजेल, श्याम मकजु, नानु राना थापा, शिलाकुमारी खरेल, ज्ञानु दाहाल, कमला मरासिनी, कुमार खड्का, अमर अधिकारी दीपक पनेरु लगायतले रचना वाचन गरेका थिए।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मदन नेपालले संस्थाले गरेकाे गतिविधि र प्रकाशनबारे जानकारी दिएका थिए। संस्थाका सदस्य सुभद्रा अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सदस्य पूर्णबहादुर श्रेष्ठ "हृदयङकृत"ले गरेका थिए।

प्रकाशित: १५ असार २०८२ १२:३० आइतबार

# Nagarik # Kala-yatra