कला/साहित्य

वार्षिक उत्सवमा नेपाल वायुसेवा निगमले गर्‍याे कवि गाेष्ठी

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफ्नो ६७ औं वार्षिकोत्सवको अवसरमा कविता प्रतियोगिता गरेको छ।

निगममा कार्यरत बहालवाला कर्मचारी र पूर्वकर्मचारीहरूको सहभागिता रहेको सो प्रतियोगितामा प्रमिला लुइँटेल प्रथम, विनय पौडेल द्वितीय र भाष्कर खनाल तृतीय भएका थिए। त्यस्तै नारायण पौडेल र सौगात वाग्लेले सान्त्वना पुरस्कार पाएका थिए। प्रतियोगितामा निगमका २३ कर्मचारीले कविता वाचन गरेका थिए।

प्रतियोगिताका विजेता कविहरूलाई प्रमुख अतिथि एवम् निगमका कार्यकारी अध्यक्ष वरिष्ठ साहित्यकार युवराज अधिकारीले नगद पुरस्कार, प्रमाणपत्र र मायाको चिनो प्रदान गरेर थिए।

कार्यक्रममा प्रमुख अतिथि एवम् निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हालै सार्वजनिक आफ्नो कवितासंग्रह ‘युद्ध युद्ध नै हुन्छ’ बाट एउटा कविता सुनाएका थिए।

निगमको साहित्यिक उपसमितिका संयोजक एवम् क्वालिटी एस्योरेन्स विभागका प्रमुख पोषक ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले गरेका थिए। कार्यक्रममा निगमका सबै विभागका कर्मचारीहरूको सहभागिता रहेको थियो।

वरिष्ठ साहित्यकार डा. नवराज लम्साल, प्राडा देवी नेपाल र कल्पना काफ्लेले कविताको मूल्यांकन गरेको थियो।

प्रकाशित: १३ असार २०८२ १०:१८ शुक्रबार