कला/साहित्य

युवराज अधिकारीको कवितासङ्ग्रह 'युद्ध युद्ध नै हुन्छ' लोकार्पण

कवि तथा गीतकार युवराज अधिकारीको कवितासङ्ग्रह 'युद्ध युद्ध नै हुन्छ' लोकार्पण गरिएको छ । 

काठमाडौंमा एक कार्यक्रम आयोजना गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त कृतिको लोकार्पण गरेका हुन् । सो अवसरमा मन्त्री पाण्डेले कला र साहित्य समाजको मूल्यवान सम्पदा भएको चर्चा गर्दै कृतिले समाजको चित्रण गरेको बताएका थिए ।  

क्याप्टेन तथा कलाकार विजय लामा र निखिल उप्रेतीले उक्त सङ्ग्रहबाट एक एक कविता वाचन गरेका थिए ।  

कृति लोकार्पण समारोहमा कृतिकार युवराज अधिकारीले अग्रज स्रष्टाहरुबाट प्राप्त प्रेरणाले आफू कविता सिर्जनामा निरन्तर लागिरहेको उल्लेख गरे ।

प्रकाशित: ८ असार २०८२ १९:०१ आइतबार

#NagarikNews #NepaliNews