कला/साहित्य

एक लाख नगद पुरस्कार स्नेहाको पोल्टामा

प्रतिस्पर्धामा नृत्य प्रदर्शन गर्दै एक प्रतिस्पर्धी ।

मण्डला कला केन्द्र मध्यपुर थिमि बोडे भक्तपुरकी स्नेहा खत्रीले भक्तपुर जिल्लास्तरीय खुल्ला एकल नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरी एक लाख नगद पुरस्कार हात पारेकी छिन्।

राइजिंग स्टार डान्स सेन्टर चाँगुनारायण नगरपालिका वडा नं १ दुवाकोट भक्तपुरको आयोजनामा शनिबार भक्तपुरमा सम्पन्न प्रतियोगितामा सेक्रियट हार्ट स्कुल भक्तपुर नगरपालिका ४ गपलीका म्हारमेन दोङले दोश्रो स्थान हासिल गरेर ५० हजार नगद पुरस्कार प्राप्त गरे। प्रतियोगितामा सिद्धिदास सेकेण्डरी स्कुल पाण्डुबजार भक्तपुरकी युमिसा तामाङले तेश्रो स्थान सुरक्षित गरी २५ हजार नगद पुरस्कार प्राप्त गरे। उत्कृष्ट प्रतियोगीहरूलाई संघीय सांसद दुर्लभ थापाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।

आयोजक राइजिंग स्टार डान्स सेन्टर चाँगुनारायण नगरपालिका वडा नं १ दुवाकोट भक्तपुरका कार्यक्रम दिनेश अवालले नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा प्रतियोगिताको आयोजना गरेको जानकारी गराए। एक हप्तामा एक पटक गरी पटक पटकमा पाँच चरणमा शनिबार अन्तिम प्रतिस्पधा भएको थियो।

यसअघि पहिलो चरणको प्रतियोगिता झण्डै डेढ महिना अगाडिबाट सुरु भएको थियो।

प्रकाशित: ७ असार २०८२ २०:०७ शनिबार

#NepaliNews #Nagariknews