कला/साहित्य

पशुपति शर्माको 'झोले त तै झोले त मै...' गीतलाई ६ घण्टामा सवा लाख भ्यूज

पशुपति शर्माको 'झोले त तैं झोले त तैं...' गीतले ६ घण्टामा एक लाख बढी भ्यूज पाएको  छ ।

शर्माको पशुपति शर्मा यूट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतले ६ घण्टामा एक लाख १५ हजार बढी भ्यूज पाएको हो ।

पशुपति शर्माको आफ्नै स्वर, संगीत र शब्दमा रहेको गीतमा नेताहरुको कार्यशैली र आनीबानीमाथि व्यङ्ग्य गर्दै जनता र समर्थकलाई खराब भनिएको छ ।

गीतमा नेताहरुलाई आर्थिक सहयोग गर्नेदेखि चुनावमा भोट खसालेर जिताउने सबैलाई खराब करार गरिएको छ । उनले गीतमा नेताहरुको वरिपरी रहेका कर्मचारी, विद्यार्थी, भ्रष्टाचारी, यूट्युबर सबैको चित्रण गरिएको छ ।  

गीतमा पशुपति शर्मा आफैंले पनि अभिनय गरेका छन् ।

प्रकाशित: ५ असार २०८२ १६:४७ बिहीबार

#Singer pasupati sharma