सुनकोसी वाङ्मय प्रतिष्ठानले साहित्यकार राधादेवी राजवंशीका ‘छोरीको साहस’ कथासङ्ग्रह र ‘अनुभूतिका लहरहरू’ कवितासङ्ग्रहकाे परिचर्चा गरेको छ।
समालाेचक दिपक लोहनीले ‘छोरीको साहस’ कथासङ्ग्रहकाे परिचर्चा गर्दै उनकाे कथामा शैक्षिक, सामाजिक, साँस्कृतिक जस्ता विविध विषयवस्तु समेटिएकाे बताए। सामाजिक यथार्थवादी धारमा लेखिएका कथाहरू सरल र सहज भएकाे पनि उनले बताए।
अर्काे समालाेचक ध्रुवराज थापा ‘पुरूष’ ले राजवंशीका कथाहरूले सामाजिक विसङ्गतिविरूद्ध प्रहार गरेकाे बताए। कथाले भोगाइलाई सुन्दर रूपमा प्रस्तुत गरेकाे पनि उनले बताए।
यसैगरी प्राडा शैलेन्दुप्रकाश नेपालले राजवंशीको कवितासंग्रहकाे कृतिमा कविता, बालकविता र भजन गरी तीन खाले ५० कविता समेटिएकाे बताए।
मिडिया पार्टनर इखबर नेटकाे सहकार्यमा भएकाे कार्यक्रममा स्रष्टा राधादेवी राजवंशीले आफ्नो लेखनीबारे बताइन्। चार दशकको शिक्षण पेशाबाट निवृत्त भएपछि लेख्ने हुटहुटी जागेको पनि उनले बताइन्।
सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालकाे अध्यक्षता र कोषाध्यक्ष तारा केसीले सञ्चालन गरेकाे कार्यक्रममा प्राडा गार्गी शर्मा, श्रीओम श्रेष्ठ ‘रोदन’, राधेश्याम लेकाली लगायतले शुभकामना मन्तव्य राखेका थिए।
प्रकाशित: ४ असार २०८२ १२:३६ बुधबार