कला/साहित्य

विशिष्ट तीन साधकलाई ‘मधुपर्क सम्मान’

मधुपर्क मासिकको ५८ औं वार्षिक उत्सवकाे अवसरमा विशिष्ट तिन साधकलाई सम्मान गरिएकाे छ।

मधुपर्कको ५८ औँ वार्षिक उत्सवकाे अवसरमा मधुपर्क साहित्य सम्मान - २०८२ बाट पद्यमा कवि ज्ञान उदास, गद्यमा आख्यानकार ध्रुव सापकोटा र खुला प्रतिभामा आख्यानकार पद्मावती सिंहलाई सम्मान गरिएकाे हाे। पुरस्कारको राशि जनही नगद पचास हजार रूपैयाँ रहेको छ।

मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्लेको अध्यक्षता तथा डा. राजेन्द्र विमलकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

कार्यक्रममा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, पुरस्कार एवम् सम्मान छनौट समितिका संयोजक कृष्ण गौतम, गोरखापत्रका सम्पादक जुनारबाबु बस्नेत लगायतकाे उपस्थिति रहेको थियो।

मधुपर्कका सहसम्पादक लक्ष्मी खतिवडाले सञ्चालन गरेकाे कार्यक्रममा प्रमुख अतिथि डा. विमलले मधुपर्कसँगको सम्बन्ध आत्मीय सम्बन्ध रहेकाे बताए।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले नेपाली साहित्यमा मधुपर्ककाे अग्रणी भूमिका रहेकाे बताए। मधुपर्कलाई डिजिटलमा लगेर सबैको पहुँचमा लैजाने तयारी भइरहेको पनि उनले बताए।

पुरस्कार एवम् सम्मान समितिका संयोजक कृष्ण गौतमले शुभकामना दिंदै पुरस्कार एवम् सम्मान छनौट प्रक्रियाबारे बाेलेका थिए।

मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्लेले स्वागत मन्तव्य दिंदै स्रष्टाहरूकाे माया र सद्भावले मधुपर्कको फस्टाएकाले स्रष्टाहरूको सम्मान गर्दा मधुपर्कको नै सम्मान भएको बताए।

अनुपम फुडल्याण्ड बत्तिसपुतलीमा भएको कार्यक्रममा सम्मानित व्यक्तित्वहरू ध्रुव सापकोटा,  ज्ञान उदास र पद्मावती सिंहले पनि आआफ्ना मन्तव्य राखेका थिए।

कार्यक्रममा विक्रमभक्त जोशी, विमल भौकाजी, घन थापा, श्रीबाबु कार्की, ज्ञाननिष्ठ ज्ञवाली, मुकुन्द पौडेल, प्रोल्लास सिन्धुलीय, मीना श्रेष्ठ, मणिराज सिंह, अरूण नदी लगायत दर्जनाैं स्रष्टाको उपस्थित रहेको थियो।

प्रकाशित: ३१ जेष्ठ २०८२ १०:५३ शनिबार

# Nagarik # Madhupark samman