कला/साहित्य

बालगायिका परिधी खतिवडाको ‘घरकी फूलबारी’ को सार्वजनिक

बालगायिका परिधी खतिवडाको बालगीत ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

काठमाडौं, बानेश्वरस्थित प्रज्ञाकुञ्ज बोर्डिङ स्कुलमा कक्षा ४ की छात्रा परिधीले ‘घरकी फूलबारी’ गीतमा मीठाे स्वर दिएकी छन्।

उक्त गीत उनकै पिता प्रमोद खतिवडाले लेखेका हुन्। सडक विभागमा कार्यरत गीतकार इञ्जिनियर प्रमोद पेशाले प्राविधिक हुन्। यसअघि पनि उनले विभिन्न भावभूमिका गीत लेखेका छन्।

गीतमा सविन लिम्बूकाे संगीत र एरेञ्जमेन्ट र ‘गुरुभाइ फकीर’ काे निर्देशन रहेकाे छ।

भिडियोमा परिधीकाे विद्यालय र काठमाडौं वरिपरिका रमणीयस्थलमा छायांकन गरिएको छ।

गीतमा देशप्रतिको माया र सामाजिक सद्भाव समेटिएको छ। यस गीतले बालबालिकामा देशप्रतिको माया र सद्भाव जगाउने छ।

यसअघि परिधीले ‘लिटिल स्टार नेपाल’ प्रतियोगितामा ‘मोस्ट पपुलर कन्टेस्टेन्ट’ को उपाधि जितेकी थिइन्।

‘घरकी फूलबारी’ गीत Paridhi Khatiwada युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। 

प्रकाशित: ३० जेष्ठ २०८२ १२:३७ शुक्रबार

# Nagarik # Paridhi Khatiwada YouTube Channel