कला/साहित्य

उपन्यासकार कल्पना रिजालकाे ‘डाँफे’ लोकार्पण

उपन्यासकार कल्पना रिजालकाे एक कार्यक्रम बिच ‘डाँफे’ उपन्यासको लोकार्पण भएकाे छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तकाे प्रमुख आतिथ्यमा उपन्यासको लाेकार्पण भएकाे हाे।

शिक्षामन्त्री माननीय रघुजी पन्त, समालोचक उपप्रा ज्ञाननिष्ठ ज्ञवाली, उपन्यासकार कल्पना रिजाल, कथाकार भागीरथी श्रेष्ठ लगायतले ‘डाँफे’ उपन्यासको लोकार्पण गरेका हुन्।

वक्ता ज्ञाननिष्ठ ज्ञवालीले उपन्यासमा राष्ट्र ,राष्ट्रियता र देशभक्तिपूर्ण भाव रहेको र सीमा समस्या अनि समाधानमा केन्द्रित भएको बताए।

प्रमुख अतिथि पन्तले राम्रो लेखक बन्न राम्रो पाठक पनि बन्नुपर्ने भन्दै लेखकलाई शुभकामना दिएका थिए।

त्यस्तै भागीरथी श्रेष्ठले उपन्यासकारकाे लेखन शैली निकै लाेभलाग्दाे भएकाे बताइन्।

उक्त लाेकार्पित उपन्यास इन्डिगो इङ्कले छापेको हो।

प्रकाशित: १२ जेष्ठ २०८२ ०७:५३ सोमबार

# Nagarik