कला/साहित्य

नेपाल स्रष्टा समाजले गर्‍याे ‘स्रष्टा दर्पण’ काे लाेकार्पण

नेपाल स्रष्टा समाजले ‘स्रष्टा दर्पण’ लाेकार्पण गरेको छ। अर्धवार्षिक रूपमा नियमित प्रकाशन गरिंदै आएको ‘स्रष्टा दर्पण’ को वर्ष १९, पूर्णाङ्क ३२ लाेकार्पण गरिएको हो।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, संरक्षक पवन आलोक लगायतले स्रष्टा दर्पण लाेकार्पण गरेका हुन्।

यसमा २४ कविका कविता, १० निबन्धकारका निबन्ध, ७ नियात्रा, कथा १, लघुकथा ३, नाटक १,गीत २, रचनागर्भ १, संस्मरण १, लेख ३ र ३ मुक्तककारका मुक्तक सङ्गृहीत छ।यसैगरी यसभित्र वरिष्ठ संस्कृतिविद् हरिराम जोशीको महत्त्वपूर्ण अन्तवार्ता राखिएको छ।

नेपाल स्रष्टा समाजका नियमित गतिविधिहरूको संक्षिप्त जानकारी, समाजले प्रदान गर्ने पुरस्कारहरूको परिचय समेत समावेश छ। स्रष्टा दर्पणका प्रधानसम्पादक श्रीओम श्रेष्ठ रोदन र कार्यकारी सम्पादक डा. शान्तिमाया गिरी हुन्।  

प्रकाशित: ९ जेष्ठ २०८२ १३:१७ शुक्रबार

# Nagarik # Kalayatra # Nepal Srasta samaj # Laghukatha Saundarya