कला/साहित्य

नयाँघरेलाई जीवन स्मृति पुरस्कार

जीवन स्मृति प्रतिष्ठान झापाले जीवन स्मृति पुरस्कारका लागि प्रतिभा छनौट गरेको छ।  प्रतिभा छनौट समितिको सिफारिसमा कार्यसमितिले जीवन स्मृति पुरस्कारका लागि निबन्धकार/नियात्राकार युवराज नयाँघरेलाई नेपाली निबन्ध लेखनमा विशेष योगदान गरेबापत पुरस्कार दिने निर्णय गरेको छ।

यसैगरी लीला उदासी, कलाकार विक्रमश्री, कथाकार रीता ताम्राकारलाई पुरस्कृत प्रतिभा छनौट गरेको छ। साथै युवा प्रतिभा प्रोत्साहन पुरस्कारका लागि खुशी चोमू शेर्पालाई छनौट गरेको संस्थाका सचिव धनकुटे कान्छाले जानकारी गराएका छन्।

जीवन आचार्य ३० को दशकका चर्चित कवि, कलाकार, डिजाइनर तथा स्तम्भकार हुन्। उनको नाममा जीवन स्मृति प्रतिष्ठान स्थापना भई हरेक वर्ष संस्थाले प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ।

उक्त पुरस्कारहरू जीवन आचार्यको स्मृति दिवसको अवसरमा कार्यक्रम गरी प्रदान गरिने छ। जीवन स्मृति प्रतिभा पुरस्कार जनही २०,१११ नगद र ताम्रपत्र साथै जीवन स्मृति युवा पुरस्कार १०,१११ नगद र  ताम्रपत्रसहित पुरस्कार प्रदान गरिने छ।

प्रकाशित: ८ जेष्ठ २०८२ १३:४१ बिहीबार

# Poem # Nagarik # Life Memorial Foundation Jhapa