कला/साहित्य

मनाइयाे चलचित्र निर्देशक चेतन कार्कीको चौथो स्मृति दिवस

‘चेतन कार्की स्मृति समाज’ ले वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद् एवं गीतकार चेतन कार्कीको चौथो स्मृति दिवस मनाएकाे छ। चेतन कार्की स्मृति समाजकी अध्यक्ष वरिष्ठ नायिका मिथिला शर्माको सभाध्यक्षतामा चेतन कार्कीको योगदानको चर्चा गर्दै दिवस मनाइएकाे हाे।

संस्थाका सदस्य एवं साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले चेतन कार्कीको योगदानको चर्चा र कार्कीका रचना वाचन गर्दै कार्यक्रमको सहजीकरण गरेका थिए।

कार्यक्रममा संस्थाकी संरक्षक श्रीमती गंगा कार्की, चर्चित फिल्मी नायकहरू - शिव श्रेष्ठ र रविन्द्र खड्का, गायक दिवाकर खड्का, सल्लाहकार डा. खगराज बराल, संस्थाका उपाध्यक्ष एवं चलचित्र कलाकार संघका अध्यक्ष सर्जक मोहन निरौला, कोषाध्यक्ष पंकज कार्की, संस्थाका सदस्यहरू सुवासचन्द्र ढुंगेल र दिव्य गिरी लगायतले पनि चेतन कार्कीको योगदानबारे मन्तव्य राखेका थिए।

कार्यक्रममा प्रतिष्ठानकी सचिव रितु कंडेल, सदस्य प्रमाश्री कार्की, पारश कार्की, इ. लालबहादुर भुजेल, सुनिता बुढाथोकी लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ४ जेष्ठ २०८२ १२:३३ आइतबार

# Nagarik # Film director # Muktak