कला/साहित्य

गीतकार ‘यात्री’ काे ‘खोज्दा नि आफूलाई भेटाउन सकिन’ सार्वजनिक

गीतकार बाबुराम श्रेष्ठ ‘यात्री’ काे ‘खोज्दा नि आफूलाई भेटाउन सकिन’ गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ। उक्त गीत म्युजिक नेपालअन्तर्गत नेपाली आधुनिक गीत युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतले दार्शनिक रूपमा आत्मपहिचानको खोज, जीवनको कठोरता र आशा र निराशा बीचको संघर्ष प्रस्तुत गरेको छ। गीतकारले जीवनलाई यथार्थ रूपमा चित्रण गरेका छन्, जहाँ निरन्तर संघर्ष हुन्छ, त्यहाँ जीवनमा केही पाउने आशा हुन्छ।

यथार्थपरक दार्शनिक भाव समेटिएको गीतमा गीतकार ‘यात्री’ को शब्द, राजु सिंहको सङ्गीत, गायक रामकृष्ण ढकालको स्वर र फनिन्द्र राईको एरेञ्ज रहेको छ। पर्पल रेकर्डिङ स्टुडियोमा कृपल गुरुङको रेकर्डिङ र सुमन खड्काको गीतमा मिक्सिङ रहेको छ।

अनिल स्थपितले यस गीतको लिरिकल भिडियाे बनाएका हुन्। योभन्दा पहिले पनि गीतकारले ‘जीवन’, ‘तिम्रो मीठो मुस्कान’, ’तमासाको खेल’  र ‘माया कहिले मर्दैन’ जस्ता गीत रेकर्ड भएका छन्। 

प्रकाशित: २५ वैशाख २०८२ ११:५४ बिहीबार

# Poem # Nagarik # YouTube channel # Singer Ramkrishna Dhakal # YouTube channel