कला/साहित्य

अभिनेत्री नीति शाहले गरिन् यचित शमशेरसँग विवाह

अभिनेत्री तथा मोडल नीति शाहले विवाह गरेकी छन्। शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनले यचित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन्।

न्यायाधीश दीनबन्धु बरालको इजलासमा भएको उनीहरूको विवाहको दर्ता प्रमाण पत्र भने प्रक्रियामा छ। नीति र यचित पछिल्ला केही महिनादेखि प्रेम सम्बन्धमा थिए।

‘मिस नेपाल इन्टरनेशनल २०१७’ बनेकी नीतिका  ‘खजुरे ब्रो’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आइसकेका छन्।  ‘नरसिंहा अवतार’ भने जेठ ९ गते प्रदर्शनमा आउने तयारीमा छ।

प्रकाशित: ५ वैशाख २०८२ १५:४३ शुक्रबार

#Niti Shah #marriage #Nepali actress