विश्वकै प्रख्यात गनिने चलचित्र विद्यालय, बुसान एसियन फिल्म स्कूलमा नेपालबाट युवा निर्देशक जेसन लोप्चन छानिएका छन्। बुसान फिल्म स्कूलले एसिया मुलुकबाट १८ युवा चलचित्रकर्मीलाई छात्रवृत्तिमा छान्छन्। यी छानिएका १८ जना बुसान कोरियामा बसेर अन्तराष्ट्रिय निर्माताहरूसँग मिलेर आफ्नो चलचित्रको तयारी गर्छन्। हालै नेपालमा पहिलोपटक आइफोनबाट चलचित्र बनाएका लेखक तथा निर्देशक जेसन लोप्चन अहिले बुसान कोरियामा छन्।
उनी कोरियाको बुसान एसियन फिल्म स्कूलमा ८ महिना बसेर, अन्तरास्ट्रीय निर्माताहरूसँग मिलेर आफ्नो दोस्राे चलचित्रको तयारी गर्दै छन्। चलचित्रको पटकथा र सबै निर्माण कार्य बुसानमै गरिने छ। निर्देशक लोप्चनले चलचित्रको छायाङ्कन आउँदाे साल नेपालमै गरिने बताए।
उनकाे पहिलो चलचित्र, अ प्लेस अन्डर द सन, अहिले एम् एस् एम् भिडियोमा उपलब्ध छ भने उनले यसअघि मेयर बालेन शाहको “मार्फाको मदिरा” गीतको भिडियो पनि निर्देशन गरेका थिए।
प्रकाशित: २९ चैत्र २०८१ १२:०५ शुक्रबार