बैशाख १२ मा प्रदर्शन हुने चलचित्र भूठानका निर्माता अविरल थापाको 'ठक्कर’ बोलको गीत सार्वजनिक भएको छ। उनले यो गीत युट्युब च्यानल अवेकन प्रोडक्सनबाट सार्वजनिक गरेका हुन्।
गीतमा गायक विनोद बानियाँको स्वर र संगीत रहेको छ । गीतको म्युजिक भिडियोमा नेपाली रजतपटका लोकप्रिय कलाकार राजवल्लभ कोइराला, सीतादेवी तिमिल्सिना लगायत अन्य कलाकारको अभिनय रहेको छ।
भिडियोलाई सानो संसार चलचित्रका निर्देशक सिद्धार्थ पुडासैनीले निर्देशन गरेका छन् ।
प्रकाशित: १५ फाल्गुन २०८१ १२:२८ बिहीबार