कला

साहित्यकार रञ्जना निरौलालाई ‘ज्योति स्रष्टा सम्मान’

‘ज्योति साहित्य प्रतिष्ठान’ ले २१४औं साहित्यिक शृङ्खलामा साहित्यकार रञ्जना निरौलालाई ‘ज्योति स्रष्टा सम्मान’ अर्पिएकाे छ।

कार्यक्रममा प्रमुख अतिथि विश्वकवि तथा लोकसंस्कृतिविद् प्रा. तुलसी दिवसले साहित्यकार निरौलालाई ‘ज्योति स्रष्टा सम्मान’ अर्पिएकाे हाे।

कार्यक्रममा प्रमुख अतिथि प्रा. दिवसले अध्यक्ष मणिराज सिंहको सक्रियता अनुकरणीय भएकाे बताए। ज्योतिसाहित्यको कार्यक्रममा म नियमित जस्तै उपस्थित हुने गरेको छु। बिनाकुनै सरकारी व संस्थागत सहयोगमा नियमित रूपमा साहित्यिक कार्यक्रम गरेर नयाँ र पुराना साहित्यकारका रचना सुन्ने सुनाउने अवसर दिने यस प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सक्रियता लोभलाग्दो मात्र होइन अनुकरणीय समेत छ। उनको स्वास्थ्य लाभको कामना गर्दछु।

काठमाडौं अनामनगरस्थित डालो रेष्टुरेन्टमा भएकाे कार्यक्रममा विशिष्ट अतिथिहरू शिखर कवि शैलेन्द्र साकार, प्राडा गार्गी शर्मा, ज्ञान उदास, नरेन्द्रबहादुर श्रेष्ठ, जलेश्वरी श्रेष्ठ, प्रेम राई परिक्षित, बुद्धिमान महर्जन, रमा ओली लगायतले अस्वस्थ भए पनि अध्यक्ष मणिराज सिंहले साहित्यानुरागी र साहित्यकारहरूलाई प्रोत्साहन गरिरहेकोमा खुसी व्यक्त गर्दै आआफ्ना कविता वाचन गरेका थिए।

कार्यक्रममा नेपाली सरोकार मासिक पत्रिकाको ‘साहित्यकार विशेष अङ्क’ को लोकार्पण प्रमुख अतिथि प्रा. तुलसी दिवसले गरेका थिए।

कार्यक्रममा उपस्थित साहित्यकार, कवि तथा साहित्यप्रेमीहरूले आफ्ना सिर्जनाहरू वाचन गर्दै साहित्यिक यात्रालाई निरन्तरता दिए। कार्यक्रममा उपस्थित साहित्यानुरागीहरूको उत्साहले माहोल सजीव बनाएको थियो।

उनले ज्योति साहित्यको अबदेखिको कार्यक्रम बदष्चब िकबजष्तथब थबतचब अविरल साहित्य यात्रा थ्यग थ्गदभ अजबलभ िबाट नियमितरूपमा कार्यक्रम सम्पन्न भएकै दिन साँझदेखि  प्रशारण हुने कुरा पनि बताए।

सुनिता अधिकारीले सञ्चालन गरेकाे कार्यक्रममा जनार्दन अधिकारी धड्कन, रूद्र अधिकारी, लोकमान मास्के, दिनेशविक्रम थापा, एलपी पराजुली, योगाज राजन, प्रमोद सारङ्ग, जानुका थापा, अमर अधिकारी, सन्ध्या जोशी, जी केयन खरेडी, सुमन राज्य लक्ष्मी राणा, रमाकुमारी वली, घननारायण श्रेष्ठ, बेटी बज्राचार्य लगायतका स्रष्टाले आआफ्ना सिर्जना वाचन गरेर साहित्यिक कार्यक्रमकाे राैनक थपेकाे थियाे।

प्रकाशित: १२ फाल्गुन २०८१ ०९:३८ सोमबार

# Nagarik # Poem