कला

कांग्रेस महामन्त्री शर्माले भ्यालेन्टाइन्स डेमा ल्याए ‘मन त्यतै कतै’

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्यालेन्टाइन्स डेको अवसरमा नयाँ गीत ल्याएका छन्।  ‘मन त्यतै कतै’ बोलको गीत उनले आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरे।

शर्माको संगीत रहेको गीतमा प्रमोद खरेलको स्वर, प्रमोदहरि गुरागाईँको शब्द, मनोहर सुनामको संगीत संयोजन रहेको छ। यस्तै निकेश खड्का निर्देशित भिडियोमा आकाश श्रेष्ठ र प्रियाना आचार्यको अभिनय देख्न सकिन्छ।

महामन्त्री शर्माको यसअघि पनि केही गीतहरू बजारमा आइसकेका छन्। उनले लकडाउनको समयमा ‘आऊ माया गरौं, प्रकृतिलाई रक्षा गरौं, महामारीबाट संसारलाई जोगाऊँ’ बोलको गीत रिलिज गरेका थिए।

प्रकाशित: २ फाल्गुन २०८१ १०:३५ शुक्रबार