कला

जब सम्बन्ध फिट एण्ड फाइन हुन्छ, हर क्षण हर दिन भ्यालेन्टाइन हुन्छ!

प्रणय दिवस विशेष मुक्तक

१) मुक्तक

राखेकै हो राख्न त नयनमा तिमीलाई

नपारेको मात्र न हो चयनमा तिमीलाई

भनाइ छ, देखेर हुँदैन लेखेकै चाहिन्छ,

जुरेको रहेनछ भेट्न शयनमा तिमीलाई।

२) मुक्तक

बनाउन सकिन घरको तिमीलाई

बैना नै भो जुनी अर्को तिमीलाई

रहर पूरा गर्न सकिएन महोदय,

बनाउने एउटै थरको तिमीलाई।

३) मुक्तक

परपोज जानिएन रोज नि दिइएन

न तनाव लिइयो, बोझ नि दिइएन

छिनमै मायाप्रेम छिनमै ब्रेकअप रे,

हगको कुरै छोडौं भोज नि दिइएन।

) मुक्तक

जब सम्बन्ध फिट एण्ड फाइन हुन्छ

हर क्षण हर दिन भ्यालेन्टाइन हुन्छ

के भएको हो कुन्नि अचेल, थाहा भएन,

वर्षैभित्र सम्बन्ध विच्छेदमा साइन हुन्छ।

) मुक्तक

जति धोए नि आइहाल्ने चायाँ जस्तो होस् प्रेम

अध्याँरोमा पनि नछुट्ने छायाँ जस्तो होस् प्रेम

विश्वास, सम्बन्ध अनि पिरती यस्तो होस् कि,

ढाँट्दा पनि पत्याइदिने मायाजस्तो होस् प्रेम।

प्रकाशित: २ फाल्गुन २०८१ १०:२१ शुक्रबार

#Muktak # Laghukatha # Poem