सुसेली साहित्यिक प्रतिष्ठान दक्षिणकाली फर्पिङले तिन अग्रज स्रष्टा कथाकार माया ठकुरी, पत्रकार रोचक घिमिरे र कवि तुलसी दिवसलाई सम्मान गर्ने भएकाे छ।
प्रतिष्ठानले २०८१ फागुन १७ गते शनिबार दक्षिणकाली काव्य उत्सवमा उक्त तिन अग्रज स्रष्टालाई सम्मान गर्ने भएकाे हाे।
लामो समयदेखि साहित्यिक पत्रकारितामा योगदान पुर्याउने पत्रकार दक्षिणकाली काव्य सम्मान अन्तर्गत ७१ लामोढुङ्गामार्ग, गहनापोखरी, टंगाल काठमाडौ-५ का वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, दक्षिणकाली काव्य सम्मान सम्नानतर्फबाट कविताको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउने ललितपुर, चाकुपाट निवासी वरिष्ठ कवि तुलसी दिवस र दक्षिणकाली काव्य सम्मान अन्तर्गत आख्यानतर्फबाट ललितपुर धोवीघाट निवासी कथाकार माया ठकुरीलाई समर्पण गर्ने भएको हाे।
उक्त सम्मान किशोर पहाडीको संयाेजकत्वमा गठित डा. शेखरकुमार श्रेष्ठ र अप्सरा भुर्तेलको त्रिसदस्यीय समितिले निर्णय गरेकाे हाे।
उक्त कार्यक्रम दक्षिणकाली नगरपालिका वडा नं. ४ बाँसबारीमा अवस्थित चम्पादेवी हिल साइड रेसोर्टमा गरिने भएको छ।
प्रकाशित: ३० माघ २०८१ ११:१० बुधबार