कला

प्रेम चर्चाकाबीच टिकटकमा सुशान्तले गरे आनालाई अनफलो

प्रेम चर्चाकाबीच साङ्गीतिक सहकार्य गरेका गायक सुशान्त केसी र नायिका आना शर्माको जोडीलाई दर्शकहरूले खुबै मन पराएका छन्। उनीहरूको जोडिलाई दर्शकहरूले राम्रो प्रतिक्रिया दिने गरेका छन्।

सुशान्त र आनाले सहकार्यमा गीत ‘सारंगी’ युट्युबमा सार्वजनिक गरे। त्यसलाई दर्शकहरूले खुबै मन पराए। उनीहरूको यो गीत खुबै हिट बन्यो। सुशान्तको लेखन र कम्पोज रहेको गीतको भिडियो कन्सेप्ट र स्टाइलिङ चाहिँ आनाको थियो। अरु गीतमा अभिनय मात्र गरेको यो जोडीले गीत ‘सारंगी’ मा सहकार्य नै गरेका थिए।

सुशान्तको अर्को गीत बार्दलीमा पनि आनाको अभिनय थियो। गीतमा सुशान्त र आनासहित इन्द्रकला राई, निश्चल बस्नेत, स्वस्तिमा खड्का र सृष्टि श्रेष्ठको अभिनय थियो।

गीतमा मात्रै होइन् विभिन्न कार्यक्रममा सँगै जानेदेखि लिएर घुमघाममा पनि यो जोडी सँगै देखिने गरेका थिए। उनीहरुले सँगै घुमेका तस्बिरहरू सामाजिक सञ्जालमा खुलेर नै राख्ने गरेका थिए।

यसैबिच सुशान्तले अहिले टिकटकबाट भने आनालाई अनफलो गरेका छन्। सुशान्तको फलोइङ लिस्टमा एक जना आना मात्रै थिइन् अहिले भने सुशान्तको  फलोइङ लिस्टमा कोही पनि छैनन्।

दुवै जना प्रेममा रहेको भन्ने चर्चाबिच सुशान्तले आनालाई टिकटकमा अनफलो शुभचिन्तकहरू अचम्ममा परेका छन्। उनीहरूबिच ब्रेक अप भएको कुनै चर्चा छैन तर यो अनफलोले उनीहरूको सम्बन्ध चिसिएको हो भन्ने आङ्कलन भने धेरैले गरेका छन्। 

प्रकाशित: २० माघ २०८१ १४:०८ आइतबार

#Singer Susant Kc #Actor Aana Sharma