कला

अरुणिमाले पनि हटाइन् फेसबुकबाट श्रीमानसँगका तस्बिर

अभिनेत्री अरुणिमा लम्सालको पनि पतिसँग सम्बन्ध राम्रो नरहेको चर्चा चल्न थालेको छ । उनले सामाजिक सञ्जालबाट पतिसँगको तस्बिर र भिडियोहरु हटाएसँगै सम्बन्ध राम्रो नरहेको चर्चा चल्न थालेको हो।

गत भदौमा सुनसरीको चतारा स्थायी घर भएका युवराज श्रेष्ठसँग विवाह गरेकी लम्सालले श्रीमानसँग तस्बिरहरु सामाजिक सञ्जालबाट हटाएकी छिन्।

अरुणिमाले विवाहका तस्बिर र भिडियोहरु प्रशस्तै संख्यामा सामाजिक सञ्जाल फेसबुकमा राखेकी थिइन् । ती तस्बिर-भिडियोहरु अहिले देखिँदैनन् । इन्स्टाग्राममा पनि दुबैले एक अर्कोलाई फलो गरेको देखिन्न् ।

विवाहपछि एक अन्तरवार्तामा उनीहरुले मागी विवाह गरेको बताएका थिए। अरुणिमा नेपाल घुम्न आएका बेला आफन्तबाट कुरा आएपछि उनीहरुको भेट भएको थियो । दुवैले एक अर्कालाई मन पराएका थिए । चिनजान भएको १५ दिनभित्रै विवाह गरेको उनीहरुले अन्तरवार्तामा बताएका थिए।

पछिल्लो समय उनी अमेरिका बस्दै आएकी छिन भने श्रीमान नेपालमै छन्। अरुणिमाले श्रीमानसँगको तस्बिरहरु हटाएपनि श्रीमान युवराजले भने हटाएका छैनन्। उनको फेसबुक प्रोफाइलमा अहिले पनि अरुणिमासँग विवाहकै फोटो देख्न सकिन्छ ।  

प्रकाशित: २० माघ २०८१ १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App