कला

स्रष्टा साँझ अमेरिकाले गर्‍याे 'बगैँचा' को परिचर्चा

स्रष्टा साँझ अमेरिकाले लघुकथाकार शुक्रराज कुँवरकाे लघुकथासङ्ग्रह 'बगैँचा'को जुम मार्फत परिचर्चा भएकाे छ।

कार्यक्रममा साहित्यकारहरू- खेमराज पोखरेल, ममता मृदुल, डा. कुसुमाकार शर्मा गौतम, रमेन्द्र कोइराला, दीपक लोहनी र रोशन पराजुलीले परिचर्चाकाे भूमिका निर्वाह गरेका थिए।

साहित्यकार रोशन पराजुलीले 'बगैँचा'को 'भ्रूणहत्या' लघुकथाको वाचन र लघुसमीक्षा गरेका थिए।

साहित्यकार रमेन्द्र कोइरालाले 'बगैँचा' का लघुकथाहरूको उठान, समापन, परिवेश र उद्देश्यकाे प्रकाश पारेका थिए।

साहित्यकार दीपक लोहनीले 'बगैँचा' लघुकथासङ्ग्रहका कथाहरू समकालीन परिवेश भित्रका छन् वा भिन्न छन् भन्ने विषयमा गहन विश्लेषण गरेका थिए।

त्यस्तै साहित्यकार ममता मृदुलले 'बगैँचा' भित्र पाठकहरूले के पाउँछन् र उनीहरूको मनोविज्ञान कस्तो रहला वा लघुकथासङ्ग्रह पठनीय छ छैन र पाठकको प्रतिक्रिया कस्तो रहला भन्ने विषयमा प्रकाश पारेकी थिइन्।

त्यसैगरी साहित्यकार डा. कुसुमाकर शर्मा गौतमले सङ्ग्रहका पात्रहरू स्वाभाविक रूपमा सञ्चालित छन् वा कृतिकारबाट सञ्चालित छन् भन्ने विषयमा आफ्नो गहन धारण राखेका थिए। उनले विभिन्न दृष्टिकोणबाट कृतिकाे विश्लेषण गरेका थिए।

वरिष्ठ साहित्यकार खेमराज पोखरेलले लघुकथासङ्ग्रह 'बगैँचा' का पात्रहरूका विविध रूपबारे प्रकाश पार्दै कथाहरूका सबल र दुर्बल पक्ष केलाएका थिए।

त्यसैगरी साहित्यकार ध्रुव मधिकर्मी, ध्रुवराज थापा र नवराज शर्माले कृति सफलताको शुभकामना तथा बधाई ज्ञापन गरेका थिए।

वरिष्ठ साहित्यकार विश्वराज अधिकारीले सञ्चालन गरेकाे परिचर्चा कार्यक्रम कृतिकार कुँवरले मन्तव्य राखेपछि समापन भएको थियो। परिचर्चाकारहरूले कृति अब्बल र पठनीय रहेको बताए।

प्रकाशित: १५ माघ २०८१ १०:४६ मंगलबार

# Muktak # Laghukatha # Story # Nagarik ko 'Akshaar' # Laghukatha Soundarya # Nagarik # Hamro Laghukatha Kendra # Srasta Samaj Amerika